जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
२०८३-०७-०१
- A
- A-
- A+
काभ्रे, पनौती नगरपालिका-५ ढलमलेस्थित मेघराज कार्कीको चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा मेघराज समेत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १९ हजार ३ सय ७५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
रूपन्देही, तिलोत्तमा नगरपालिका-४ डिङ्गानगर सिद्धार्थ पथबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ बस्ने ३८ वर्षीय तिलक वली समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट ड्राइभरटोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ४ सय १० र ३ बुक तास सहित पक्राउ गरेको हो
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।