प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मलेसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३-०७-१०

  • A
  • A-
  • A+
Share

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नागार्जुन नगरपालिका-१० बस्ने झापा मेचीनगर नगरपालिका-६ घर भएका ४४ वर्षीय संजय सुवेदी र चितवन राप्ती नगरपालिका-१ घर भएका ३४ वर्षीया मधु मालती स्याङताङ रहेका छन् । 

पक्राउ मध्ये संजयले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ र मधुमालतीले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-१४ बाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।   


सम्बन्धित समाचार
चोरीमा संलग्न चार जना पक्राउ
२०८३-०७-१०

काठमाडौं, चोरीमा संलग्न रहेको अभियोगमा ४ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भई काठमाडौं महानगरपालिका-१३ कालिमाटी बस्ने २५ वर्षीय विकास पोदार, ४६ वर्षीया विणा देवी, चन्द्रागिरी नगरपालिका-१० सतुंगल बस्ने १९ वर्षीय राजु पोदार र २३ वर्षीय राजेन्द्र कुमार रहेका छन् ।काठमाडौं महानगरपालिका-१४ कलंकी तासिङडोल मार्ग बस्ने सिता थपलियाको फ्ल्याटबाट र निरञ्जन नेपालको घरबाट नगद, सुन तथा चाँदीका गरगहनाहरू लगायतका धनमालहरू चोरी गरेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको   हो । प्रहरीले उनीहरूको साथबाट सुन तथा चाँदीका विभिन्न गरगहनाहरू, मोबाइल १६ थान, घडी १० थान लगायतका सरसामान समेत बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।