हलुका सवारी चालक उन्नत तालिम समापन
२०७८-११-२७
- A
- A-
- A+
काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालित २४ औं समूहको हलुका सवारी चालक उन्नत तालिम शुक्रबार समापन भएको छ ।
उक्त अवसरमा सोही महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक ई. नरोत्तमलाल प्रधानले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै संगठनले निर्दिष्ठ गरेको लक्ष्य प्राप्तिको लागि सृजनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । प्रशिक्षार्थीहरुले कार्यक्षेत्रमा आइपर्ने समस्या निराकरण गरी आफ्नो जिम्मेवारीलाई छिटो छरितो एवं प्रभावकारी तवरले कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक ई. कमलेन्द्रलाल कर्णले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै जम्मा १६ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी हवल्दार ७ जना र प्रहरी जवान २९ जना गरी कुल ३६ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।