प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

संगठनको हितको लागि निष्पक्ष भएर जिम्मेवारी वहन गर्नुपर्ने - प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री

२०७९-०१-१४

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीहरूले संगठनको हितको लागि विधि सम्मत रूपले इमान्दारीता, निष्ठा र पूर्ण व्यावसायिकतासाथ निष्पक्ष रही आ-आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयमा भर्चुअल रुपमा भिडियो कन्फ्रेन्स मार्फत् बुधबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, संघीय प्रहरी ईकाइ कार्यालयका प्रमुखहरू, जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूलाई निर्देशन सम्बोधनको क्रममा उक्त कुरा बताउनुभएको हो । 

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले एकै चरणमा हुन लागेको स्थानीय तह निर्वाचनलाई शान्तिपूर्वक एवम् निष्पक्ष रुपमा सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीहरूले आ-आफ्नो तर्फबाट पूर्ण सजगताका साथ भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो । सबै प्रहरी कर्मचारीहरू दरिलो हुन र निर्धक्क भएर कार्यसम्पादन गर्नुपर्ने उहाँले बताउनुभयो । सबै प्रदेश प्रहरी कार्यालयहरुले एक आपसमा समन्वय गर्दै आवश्यक योजना बनाई काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आफ्नो कार्यकालमा संगठनको हित तथा सुधारको लागि सामूहिक रूपमा गरेको कार्यसम्पादनमा सबै प्रहरी कर्मचारीहरूले देखाएको ऐक्यबद्धता एवम् निर्वाह गरेको भूमिकाप्रति आभार प्रकट गर्नुभयो । संगठनको प्रणाली, कार्यविधि, नीति लगायत संगठनको सुधारको निम्ति तयार गरिएको कार्ययोजना एवम् मापदण्ड लागू गर्न सबै प्रहरी कर्मचारीहरूको भूमिका रहने उल्लेख गर्दै उहाँले आगामी दिनमा समेत स्वअनुशासन र चरित्र अंगिकार गर्दै थप क्रियाशील रहन आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायतको उपस्थितिको साथै सहभागी प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित पक्राउ
२०७९-०३-१७

बारा, जितपुर सिमरा उपमहानगरपालिका-७ जितपुर चोकबाट करिब १० किलोग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका-१२ बस्ने ३४ वर्षीय भिम बहादुर तामाङ र १७ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  कपिलवस्तु, बिजयनगर गाउँपालिका-१ गुगौलीबाट सोही गाउँपालिका-२ पडेरीया बस्ने २२ वर्षीय राम अजोर यादवलाई करिब ४ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरीले पैदल आइरहेका राम अजोरलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट लम्कीचुहा नगरपालिका-४ बलिया बस्ने १८ वर्षीय किशोरलाई नियन्त्रित लागूऔषध १ सय २२ ट्याब्लेट नाईट्राभेट र १ सय ३० मिलिग्राम लागूऔषध खैरो हेटोईन जस्तो देखिने पदार्थ सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

अवैध लागूऔषध सहित पक्राउ
२०७९-०३-१७

धनुषा, जनकपुर उपमहानगरपालिका-९ थापा चोकबाट १ ग्राम ८ सय २० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने वस्तु र १ ग्राम ३ सय ७० मिलिग्राम अवैध लागूऔषध चुना जस्तो देखिने पदार्थ सहित सप्तरी खडक नगरपालिका-८ बस्ने २४ वर्षीया रजनी कुमारी चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध बोकी केही मानिसहरू हिँडिरहेको सूचानाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीसँगै रहेका सिरहा मिर्चैया नगरपालिका-२ बस्ने ३० वर्षीय मो.आरिफ हुसेनलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।  सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट ७ ग्राम १ सय ३५ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित काभ्रे खानिखोला गाउँपालिका-२ बस्ने २५ वर्षीय कृष्ण थापालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले मोरङबाट काठमाडौंतर्फ जाँदै गरेको प्र ३-०१-००५ ख ९६५४ नम्बरको हाईसमा सवार उनलाई  जाँच गर्ने क्रममा चुरोटको खाली बट्टाभित्र ल्याएको उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

स्रोत नखुलेको नगद सहित चार जना पक्राउ
२०७९-०३-१७

कास्की, पोखरा महानगरपालिका-१७ ड्यामसाइडस्थित भर्जु ईन होटलबाट स्रोत नखुलेको ४५ लाख ९७ हजार १ सय ८० रूपैयाँ नगद सहित ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिका-७ घर भएका २३ वर्षीय सुमन तामाङ र चिनियाँ नागरिक राहदानी नम्बर ईजी४४८७०८७ यीन यिङ्बो सहित ४ जना रहेका छन् । उक्त होटलमा सुमनको नाममा दर्ता भएको डाईमण्ड टेक्नोलोजी प्रालि सञ्चालन भएकोमा स्रोत नखुलेको नगद राखेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले तलासी गर्दा होटलको कोठा नम्बर ४०८ बाट उक्त नगद फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उक्त स्थानबाट उनीहरूको ४ थान मोबाईल फोन, विभिन्न कम्पनीका ९७ थान ल्यापटप, ९ थान डेक्सटप र विभिन्न कम्पनीका अन्य २ सय २८ थान मोबाईल फोन समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

सिम कार्ड डुप्लिकेशन गरी रकम ठगी गर्ने पक्राउ
२०७९-०३-१७

काठमाडौं, सिम कार्ड डुप्लिकेशन गरी रकम ठगी गरेको अभियोगमा मकवानपुर हेडौंडा उपमहानगरपालिका-१७ ठेगाना भएका ४१ वर्षीय गोपी बजगाईलाई काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वरबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  सामाजिक संजाल फेसबुक तथा व्याटसएपमा बैदेशिक रोजगारको लागि पोर्चुगल लैजान ११ लाख रुपैयाँ लाग्छ भन्दै पीडित व्यक्तिहरुको सक्कल राहदानी, नागरिकता, सम्पत्ति बिबरण कागज समेत लिई झुक्याई पीडितको नागरिकताबाट सिमकार्ड समेत अर्को निकाली बैंक खाता समेतमा पहुँच राखी मोवाइल बैकिङ्ग सेवा बनाई बैंक खातामा रहेको रकम निकाली ठगी गर्ने कार्यमा संलग्न रहेका उनलाई काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको   हो ।  उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।