विवाहमा दाईजोको बिषयमा बिवाद गर्ने बेहुला नियन्त्रणमा
२०७९-०१-२४
- A
- A-
- A+
झापा, विवाहमा दाईजोको बिषयमा विवाद गर्ने बेहुला झापा गाउँपालिका-४ बस्ने २८ वर्षीय डेविट चौधरीलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
मेचिनगर नगरपालिका-१५ स्थित बेहुलीको घरमा बेहुला चौधरीले दाईजोमा मोटरसाइकल नदिएको भनि विवाद गरेकोले बेहुली पक्षले विवाहमा लेनदेन गर्न नहुने सम्बन्धी कसूरमा जाहेरी दर्खास्त दिएपश्चात उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान कार्य भइरहेको छ ।