प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

निर्वाचनलाई निष्पक्ष, भयरहित र सुरक्षित तवरले सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था अझै चुस्त बनाउनुपर्ने - प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह

२०७९-०१-२४

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले एकै चरणमा सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, भयरहित एवम् सुरक्षित तवरबाट सम्पन्न गर्न उच्च सतर्कता, संवेदनशीलता र महत्वका साथ सुरक्षा व्यवस्थालाई अझै चुस्त बनाउन प्रहरी कर्मचारीहरू कटिबद्ध हुनुपर्ने बताउनुभएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयमा भर्चुअल रुपमा भिडियो कन्फ्रेन्स मार्फत् शनिबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा उपत्यका एवम् प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूलाई निर्देशन सम्बोधनको क्रममा उक्त कुरा बताउनुभएको हो ।

निर्वाचनलाई निष्पक्ष एवम् भयरहित तवरले सम्पन्न गराउन आफ्नो व्यावसायिकता प्रदर्शन गर्ने अवसरको रुपमा लिनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले निर्वाचनको सुरक्षामा खटिने सबै प्रहरी अधिकृत तथा जवानहरूले निर्भिकता र व्यावसायिकताका साथ जिम्मेवारी वहन गर्नुपर्ने उल्लेख गर्नुभयो । निर्वाचन लक्षित गतिविधिहरूमा सीमित साधन स्रोतका वावजूद नेपाल प्रहरीले उत्कृष्ट कार्य गरिरहेको चर्चा गर्दै आउँदा दिनमा आउन सक्ने चुनौतिलाई समाधान गर्न आवश्यक सुरक्षा योजना, रणनीति तय गरी अन्य सुरक्षा निकायसँग आवश्यक सहकार्य एवम् समन्वय गर्दै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सबै प्रदेशको आ-आफ्नो विशिष्टता अनुरुप आवश्यक सुरक्षा योजना बनाउँदा सुरक्षा व्यवस्था अझै प्रभावकारी हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले विगतमा भएका सफल अभ्यासहरूलाई पछ्याउँदै सबै प्रदेश प्रहरी कार्यालयहरुले एकआपसमा समन्वय र सहकार्य गर्नुपर्ने बताउनुभयो । कार्यालय प्रमुखहरूले निर्वाचनको सुरक्षाका लागि खटिने प्रहरी अधिकृत तथा जवानहरूलाई आफ्नो जिम्मेवारी सम्बन्धी आवश्यक विफ्रिङ गर्नुको साथै निर्वाचनका समयमा हुन सक्ने सम्भाव्य घटना हुन नदिन कानुनसम्मत कारबाही गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रहरी महानिरीक्षक सिंहले सिमावर्ती क्षेत्रमा हुन सक्ने तस्करी लगायतका आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न थप क्रियाशील हुनुपर्ने उल्लेख गर्दै आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानूनी दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थितिको साथै सहभागी प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
बालयौन दुरुपयोग गरेको अभियोगमा पक्राउ
२०७९-०२-११

काठमाडौं,  काठमाडौं महानगरपालिका-७ चाबहिलस्थित सेन्टलरेन्स कलेजमा कक्षा ११ मा अध्यनरत १८ वर्षीया र १७ वर्षीया छात्रालाई बालयौन दुरूपयोग गरेको अभियोगमा सोही कलेजका २ जना शिक्षकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी घर भएका ५१ वर्षीय राजन पौडेल र कागेश्वरी नगरपालिका-८ गोठाटार बस्ने काभ्रे भुम्लु गाउँपालिका-१ घर भएका ४७ वर्षीय जनार्दन अधिकारी रहेका छन् । सोही कलेजको शिक्षकहरूले छात्राहरूलई दुर्व्यवहार गरेको भन्दै कलेजका विद्यार्थीहरु भेलाजम्मा भई नाराजुलुस गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।  उनीहरू उपर बालयौन दुरुपयोग मुद्दामा ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

अवैध लागूऔषध सहित पक्राउ
२०७९-०२-११

सर्लाही, ब्रहमपुरी गाउँपालिका-४ त्रिभुवननगर झिलपुल जाने बाटोबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम १ हजार २ सय १५ ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बागमती नगरपालिका-११ बस्ने २१ वर्षीय रोहित वोट र सोही ठाउँ बस्ने २० वर्षीय रोशन शर्मा रहेका छन् । भारतबाट नेपालतर्फ आउदै गरेको प्र.२ -०३-००६ प ९२२९ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  बारा, कलैया उपमहानगरपालिका-१० मटिअर्वा पुरानो चौक स्थित सडकबाट नियन्त्रित लागूऔषध फेनारगन ४ सय एम्पुल, डाईजेपाम ४ सय एम्पुल र नुर्फिन ४ सय एम्पुल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ भवानिपुर बस्ने ४२ वर्षीय निर्वान मियाँ र सोही उपमहानगरपालिका-६ मदर्शा टोल बस्ने ४० वर्षीय ओसी अहमद रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको ना.८ प ७७५५ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी मटिअर्वा बाराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनीहरू उपर लागूऔषध मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिन म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको छ ।  कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट करिब ५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित गोदावरी नगरपालिका-५ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ ट्राफिक चोकबाट करिब ४ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डडेल्धुरा आलिताल गाउँपालिका-३ बस्ने २७ वर्षीय भरत महरा, धनगढी उपमहानगरपालिका-१२ बस्ने २३ वर्षीय पुरन विक र डोटी गैरा घर बताउने २३ वर्षीय मोहन ओली रहेका छन् । उक्त स्थानमा भरत महरालाई प्रहरीले १ सय मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिई सोधपुछ गर्ने क्रममा अन्य २ जना संलग्न रहेको खुल्न आएपछि पुरन र मोहनलाई धनगढी उपमहानगरपालिका-४ बाट थप ३ सय मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट करिब ७ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सजित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा नगरपालिका-१ बस्ने १८ वर्षीय किशोर र सोही नगरपालिका-३ बस्ने २२ वर्षीय मिसेक राई रहेका छन् । तेह्रथुम शुक्रबारेबाट धरानतर्फ जाँदै गरेको को.१ ख ५१०५ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, बेलौरी नगरपालिका-८ कालो पुलबाट करिब १० ग्राम ७२ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित बेलौरी नगरपालिका-८ कलकत्ता बस्ने २३ वर्षीय दिनेश चौधरी समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको सु.प.प्र.०२-००३ प ३९९३ नम्बरको मोटरसाइकल र एक साइकल समेत प्रहरीले बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
२०७९-०२-११

भक्तपुर, सूर्यविनायक नगरपालिका-६ सूर्यविनायक गणेश मन्दिर नजिक बस्ने ४४ वर्षीय रामजी अवालको सूर्यविनायक होमस्टे रिसोर्टमा तास खेलिरहेको अवस्थामा अवाल समेत ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त रिसोर्टमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९७ हजार ५ सय रूपैयाँ र ७ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।  झापा, बिर्तामोड नगरपालिका-५ बस्ने ३८ वर्षीय डाल कुमार राईको घरमा जुवातास खेलिरहेको अवस्थामा इलाम सूर्यदय नगरपालिका-१० बस्ने ३० वर्षीय दिल कुमार श्रेष्ठ लगायत ५ जनालाई मंमगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्क र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७४ हजार ७ सय ३५ रूपैयाँ, ३ बुक तास र कौडा १५ थान सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

अवैध लागूऔषध सहित पक्राउ
२०७९-०२-११

    काठमाडौं महानगरपालिका-९ पिङ्गला स्थानबाट नियन्त्रित लागूऔषध डाइजेपाम, फेनारगन र बुप्रेनर्फिन गरी १ हजार २ सय २२ एम्पुल सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी वलान विहुल गाउँपालिका-३ ठेगाना भएका २२ वर्षीय मनिष कुमार साह, ३२ वर्षीय भोला प्रसाद साह,  १९ वर्षीय कुमार साह र २४ वर्षीय बाल कुमार दास रहेका छन् । बिशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले सोमबारदेखि संचालन गरेको कारबाहीको क्रममा उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको हो ।  नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका-४ टिसिएन चोकबाट करिब १ हजार ३ सय ५० मिलिग्राम लागूऔषध  खैरो हेरोइन जस्तो देखिने पदार्थ र नाइट्राभेट ३० ट्याबलेट सहित सोही नगरपालिका-१ माकर बस्ने २७ वर्षीय थमन बहादुर बाकावल मगरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।    

बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०२-११

काठमाडौं,  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं नागार्जुन नगरपालिका-१० स्युचाटार बस्ने सर्लाही हरिपुर नगरपालिका-१ ठेगाना भएका ३४ वर्षीय नरेन्द्र प्रकाश सुवेदीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  सुवेदीको नाममा १ करोड १० लाख बिगो भएको बैंकिङ कसूरमा मुद्दामा उच्च अदालत पाटन ललितपुरबाट २०७८ फागुन २० गते पक्राउ अनुमति समेत जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं नागार्जुन नगरपालिका-१० स्युचाटारबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त जनसेवा पठाइएको छ ।