आन्तरिक खेलकुद प्रतियोगिता समापन कार्यक्रम सम्पन्न
२०७९-०३-०९
- A
- A-
- A+
काठमाडौं, लागूऔषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आसरा सुधार केन्द्र रानीबारीद्वारा आयोजित आन्तरिक खेलकुद प्रतियोगिता समापन कार्यक्रम सम्पन्न भएको छ ।
प्रतियोगिता समापनका अवसरमा बिहीबार केन्द्रमा आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक चन्द्र कुबेर खापुङले प्रतियोगिता अन्तर्गत चेस, क्रिकेट, टेवलटेनिस, क्यारिम बोर्ड, फुटवल, बास्केटबल, बुसे, संगीत, नृत्य र लेख रचनातर्फ विजयी केन्द्रमा उपचाररत सदस्यहरूलाई पुरस्कार प्रदान गर्नुभयो ।
‘मानवीय स्वास्थ्य संकटको बेला झन, लागूऔषध चुनौतीको गरौँ सम्बोधन’ भन्ने राष्ट्रिय नाराकासाथ आफूलाई सकारात्मक राखी सबैमा सकारात्मक सोचको विकास होस् भन्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा केन्द्रमा उपचाररत सदस्यहरूद्वारा गीत संगीत, नृत्य एवं कविता वाचन लगायत विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, केन्द्रका पदाधिकारीहरू, परामर्शदाताहरू, प्रहरी अधिकृतहरू समेतको उपस्थिति रहेको थियो ।