प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको अभियोगमा पक्राउ

२०७९-०४-०६

  • A
  • A-
  • A+
Share

  काठमाडौं, सामाजिक सञ्जालमा तेश्रो लिङ्गीको तस्विर र महिलाको सम्पर्क विवरण समेत उल्लेख गरी चरित्र हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-५ स्थायी वतन भएका ईनड्राईभरका ट्याक्सी चालक २४ वर्षीय कर्म वाङ सिङ लामालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  

प्रारम्भिक अनुसन्धानको क्रममा कर्मले सामाजिक सञ्जाल फेसबुकमा फेक एकाउन्टमार्फत पीडितको तस्विर अपलोड गरी पीडितका साथीहरूसँग पैसा समेत माग्ने र सामाजमा झुठा अफवाह फैलाउनुका साथै सोही फेक एकाउन्ट प्रयोग गरी स्टडी म्याटिरियल नामक म्यासेन्जर ग्रुपमा अर्की पीडित महिलाको पेशा देह व्यापार हो भन्ने आशयका शब्दहरू पोष्ट गरेको खुल्न आएको छ ।

 साथै पीडित महिलाले ईनड्राईभर नामक राइडर एप्लिकेसन प्रयोग गर्ने क्रममा दिएको नाम, ठेगाना र मोवाइल नम्बर सहितको विवरणको दुरुपयोग गरी पोर्न साइटमा समेत पीडितको व्यक्तिगत विवरण सेयर गरेको खुल्न आएको छ । पीडितहरूलाई ब्यक्तिगत र सामाजिक रुपमा मानसिक तनाव, दु:ख, हैरानी दिई बदनाम गराई चरित्र हत्या गर्ने कार्यमा संलग्न कर्मलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनी उपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता भई जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।  



सम्बन्धित समाचार
सामाजिक सञ्जालमा महिलाहरूको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
२०८२-०५-२१

काठमाडौं, सामाजिक सञ्जालमा महिलाहरूको चरित्र हत्या गरेको अभियोगमा सुनसरी रामधुनी नगरपालिका-३ घर भएका दिनेश कार्कीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  सामाजिक सञ्जालमा फेक एकाउन्ट बनाई महिलाहरूलाई लक्षित गरी साथी बनाई कुराकानी गर्ने, अश्लील भिडियो पठाउनुका साथै अपशब्द प्रयोग गरी गाली गलौज तथा चरित्र हत्या समेत गर्ने कार्य गरेको भन्ने पीडितहरूको उजुरीको आधारमा  साइबर ब्यूरोबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय पकली सुनसरीको सहयोगमा उक्त कार्यमा संलग्न उनलाई सुनसरीबाट पक्राउ गरेको हो । उनलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सामाजिक सञ्जालको दुरूपयोग गर्ने व्यक्ति पक्राउ
२०८२-०५-१९

काठमाडौं, सामाजिक सञ्जालको दुरूपयोग गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी डेरा गरी बस्ने सुमन थापा भन्ने प्रेम बहादुर थापालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा सम्मानित तथा सार्वजनिक पद धारण गरेका व्यक्तित्वहरूलाई लक्षित गरी अमर्यादित अभिव्यक्तिका साथै हिंसात्मक भाषा सहितको पोष्ट गरी समाजमा सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने, घृणा तथा द्वेष फैलाउने गतिविधिको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी बाट पक्राउ गरेको हो । उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ठगीमा संलग्न व्यक्ति पक्राउ
२०८२-०५-०५

काठमाडौं, ठगीमा संलग्न रहेको अभियोगमा नागार्जुन नगरपालिका-२ सानोभर्‍याङ बस्ने भोजपुर टेम्केमैयुङ गाउँपालिका-९ घर भएका २७ वर्षीय सन्जिव राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । NEPALESE ARMY INSTUTE OF HEALTH SCIENCES (NAIHS) मा हेल्थ एसिस्टेन्ट विषयमा अध्ययन गर्नको लागि पूर्ण छात्रवृत्तिमा नाम निकाली दिने विश्वास दिलाई पीडितबाट १ लाख ८५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं महानगरपालिका-७ चाबहिलबाट पक्राउ गरेको हो । उनलाई ठगी सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८१-१२-२२

काठमाडौं, सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-९ सिनामंगल डेरा गरी बस्ने सिराहा धनगढी नगरपालिका-७ गोलबजार घर भएका २७ वर्षीय राम बिहारी साफीलाई बुधबार प्रहरीले पक्राउ गरेको  छ । प्रेम सम्बन्धमा रहँदाका अन्तरङ्गसँग सम्बन्धित तस्विर/भिडियो सम्बन्ध बिग्रिए पश्चात सामाजिक सञ्जालमा पोष्ट गरिदिने र पीडितका आफन्तलाई पठाइदिने भनि धम्काउने, दुख हैरानी दिएको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सामाजिक सञ्जालको दुरूपयोग गरी युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ
२०८१-१०-०५

काठमाडौं, सामाजिक सञ्जालको दुरूपयोग गरी युवतीको चरित्रहत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१७ हाँडीगाउँ बस्ने २७ वर्षीय अभिनाश प्रधानलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । अभिनाशले पीडित युवतीसँग फेसबुकमा साथी बनी प्रेम सम्बन्ध भएको र सम्बन्ध बिग्रिए पश्चात् पीडितको अनुहारमा नग्न महिलाको तस्विर जोडी अपशब्द लेखि गालीगलौज गरी पीडितको म्यासेन्जरमा पठाई चरित्र हत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने तीन जना पक्राउ
२०८१-०८-२२

  काठमाडौं, सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा ३ जनालाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट चन्द्रपुर नगरपालिका जुडीवेला घर भएका ३९ वर्षीय कृष्ण प्रसाद अधिकारी भन्ने बिहानी बहादुर अधिकारी, चितवन भरतपुर महानगरपालिका-१२ घर भएका ३७ वर्षीय रूपक शर्मा पौडेल र सप्तरी बोदेबरसाइन नगरपालिका-६ फुल्काई घर भएका २४ वर्षीय लक्ष्मण यादव भन्ने जगदिश प्रसाद यादव रहेका छन् । पक्राउ मध्ये कृष्ण प्रसाद भन्ने बिहानी बहादुरले फेसबुकमा साथी बनी कुराकानीको क्रममा आदान प्रदान गरिएका गोप्य तस्विरहरू रेकर्ड गरी राखेर पीडितका आफन्त तथा साथीहरूको म्यासेन्जरमा पठाई चरित्र हत्या गरी दुःख हैरानी दिएको र रूपक शर्माले सामाजिक सञ्जालमा चिनजान भई प्रेम सम्बन्धमा रहँदा आदान प्रदान गरिएका गोप्य तस्विरहरू पीडकले अश्लिल शब्दहरू लेखी पीडितको सम्पर्क नम्बर सहित ह्वाट्स एप ग्रुपमा सेयर गरी दुःख हैरानी दिएको खुल्न आएको छ । यसैगरी लक्ष्मण यादव भन्ने जगदिश प्रसादले फेसबुक मार्फत चिनजान भई निकट सम्बन्धमा रहँदा खिचिएका तस्विर तथा रेकर्ड गरिएका भिडियोहरू आफन्त तथा साथीहरूका म्यासेन्जरमा पठाई चरित्र हत्या गरी दु:ख हैरानी दिएको घटनामा साइबर ब्यूरोमा मुद्दा दर्ता भई फरार रहेका उनलाई वैदेशिक रोजागरीको क्रममा कतारमा रही नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरको समन्वयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । कृष्ण प्रसाद भन्ने बिहानी बहादुर र रूपक शर्मा उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको र लक्ष्मण यादव भन्ने जगदिश प्रसादलाई आइतबार जिल्ला अदालत काठमाडौंमा पेश गरिने साइबर ब्यूरोले जनाएको छ ।