प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित पक्राउ

२०७९-०४-२३

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानगरपालिका-३ नारायणगोपाल चोकबाट नियन्त्रित लागूऔषध ४७ एम्पुल नुर्फिन, ४७ एम्पुल डाइजेपाम, ४७ एम्पुल फेनारगन सहित काठमाडौं सुकेधारा बस्ने नवलपरासी तम्सारीया नगरपालिका-४ घर भएका २४ वर्षीय आशिक कुमाल लगायत २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीलाई देख्नासाथ लु.४० प ४१५० नम्बरको मोटसाइकलमा भाग्ने क्रममा आफैं लडेपछि जाँच गर्दा उनीहरुलाई उक्त परिमाणको लागू औषध सहित फेला पारी पक्राउ गरेको हो । 

कास्की, पोखरा महानगरपालिका-१३ ढिकालेथरबाट नियन्त्रित लागूऔषध २५ एम्पुल नुर्फिन, २५ एम्पुल डाईजेपाम, २५ एम्पुल फेनारगन सहित सोही महानगरपालिका-१३ बाझापाटन बस्ने ४० वर्षीय विकास गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लु.८७ प ७६४६ नम्बरको स्कुटरलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार विकासलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहराबाट करिब ३ सय मिलिग्राम अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने २२ वर्षीय नरेश थापालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो । 

सिरहा, लहान नगरपालिका-२० गोल्छारीबाट नियन्त्रित लागूऔषध ४७ एम्पुल व्युप्रिनोर्फिन, ४७ एम्पुल फेनारगन, ४७ एम्पुल डाईडिल्याव र ६० ट्याब्लेट नाइट्रोभेट सहित सोही नगरपालिका-८ बस्ने ३४ वर्षीय अर्जुन कुमार महतोलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी सिरहा, लहान नगरपालिका-३ अस्पताल चोकबाट नियन्त्रित लागूऔषध ९ सय ९१ एम्पुल फेनारगन, ९ सय ९१ एम्पुल डाईजेपाम, ९ सय ९१ एम्पुल व्युप्रिनोर्फिन सहित लहान नगरपालिका-१ बस्ने ३० वर्षीय दिलिप साह लगायत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उक्त पिरमाणको लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको छ । 

धादिङ, गजुरी गाउँपालिका-६ पोखरेखोलाबाट करिब ९ केजी अवैध लागूऔषध गाँजा सहित गल्छी गाउँपालिका-४ ज्यामिरेचौर बस्ने १८ वर्षीय किशोर लगायत २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

मकवानपुर, हेटौडा उपमहानगरपलिका-१६ चिसापानी बस्ने वर्ष ३९ वर्षीय सुभाष लामिछानेलाई ३ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८१-०२-३०

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया गुलरिया नगरपालिका-९ बस्ने २४ वर्षीय युवराज थापा र २६ वर्षीय प्रकाश थापा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको संयुक्त टोलीले बर्दियाबाट काठमाडौंतर्फ आउँदै गरेको भे.१ ख ३६७५ नम्बरको बसमा सवार उनीहरूलाई पक्राउ गरेको हो । मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३८ ग्राम ८० मिलिग्रामसहित सोही महानगरपालिका-३ बस्ने ३० वर्षीय सुनिल गडेरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई पक्राउ गरेको हो । सुनसरी, कोशी गाउँपालिका-१ लौकही बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४५ ग्राम २ मिलिग्रामसहित भारत बिहार घर भएका ४२ वर्षीय सन्तोष यादव समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकाही र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको संयुक्त टोलीले को.३९ प ७२६७ नम्बरको मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो । कञ्चनपुर, भिमदत्त नगरपालिका-१८ सालघारीबाट अवैध लागूऔषध चेरश जस्तो देखिने पदार्थ ११ ग्राम ८७ मिलिग्राम र डिजिटल तराजु १ थानसहित सोही ठाउँ बस्ने ४१ वर्षीय गणेश पाण्डेलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले पाण्डेले संचालन गरेको पाण्डे किराना तथा नास्ता पसलमा जाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८१-०२-२९

कञ्चनपुर, भिमदत्त नगरपालिका-१८ जानकी टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने १८ वर्षीय २ जना किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।  मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ३१ मिलिग्रामसहित लेटाङ नगरपालिका-९ बस्ने २२ वर्षीय प्रबिन बिष्टलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  सुर्खेत, विरेन्द्रनगर नगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २० मिलिग्रामसहित कालिकोट तिलागुफा नगरपालिका-३ बस्ने २७ वर्षीय बिरेन्द्र शाहीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट बसपार्क र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।  झापा, मेचिनगर नगरपालिका-६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८५ मिलिग्रामसहित बिर्तामोड नगरपालिका-५ बस्ने ३८ वर्षीय सुमन भन्ने सूर्यबंशी रायलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।  यसैगरी झापा, अर्जुनधारा नगरपालिका-३ मदनपुर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने ३७ वर्षीय दिलबहादुर विकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित चार जना पक्राउ
२०८१-०२-२८

कास्की, पोखरा महानगरपालिका-१३ कसेरीबाट अवैध लागूऔषध गाँजा ३ सय ७५ ग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महागनगरपालिका-१३ संगम टोल बस्ने ३० वर्षीय सागर परियार र सोही महानगरपालिका-१३ चापापानी बस्ने १९ वर्षीय विशाल नेपाली रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । कञ्चनपुर, बेलौरी नगरपालिका-८ पचुई खप्टिनालाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ९ मिलिग्रामसहित भारत उत्तर प्रदेश पिलभित टिल्ला नम्बर ४ बस्ने २४ वर्षीय सोनु सिंहलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।  सुदूरपश्‍चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली समेतबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १२ किलोग्रामसहित मनहरी गाउँपालिका-२ बस्ने ३० वर्षीय दिनेश गोङबालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.३२ प २५९८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।