अवैध लागूऔषध सहित पक्राउ
२०७८-०६-२६
- A
- A-
- A+
काठमाडौं, टोखा नगरपालिका-११ वमप्लाजा डेरा गरी बस्ने सिन्धुली दमौली घर भएका ३५ वर्षीय यादव कार्की समेत ३ जनालाई करिब ८४ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ, नेपाली नगद ४४ हजार ६ सय र भारतीय नगद ४ हजार ९ सय सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।