प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट नौ जना पक्राउ

२०७९-०८-२५

  • A
  • A-
  • A+
Share

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम सहित सोही उपमहानगरपालिका-१७ नदैगाउँ बस्ने २५ वर्षीय पुष्ष रैदाशलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

कैलाली, कैलारी गाउँपालिका-५ बैजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३४ ग्राम ५ सय १० मिलिग्राम सहित भारत बस्ने ५५ वर्षीय शेर सिहं समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय हसुलियाबाट समेत खटिएको प्रहरीले युपि ३१ बिएक्स ८०९१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

कञ्चनपुर, पुनर्वास नगरपालिका-६ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १९ ग्राम सहित शुक्लाफाँटा नगरपालिका-११ कलुवापुर बस्ने ३० वर्षीय पंकज पन्तलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.३ प ८६९१ नम्बरको मोटरसाइकल जाँच गर्दा चालक पन्तलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-३ जनज्योति चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका-३ बस्ने २७ वर्षीय दिनेश कुँवर र सोही नगरपालिका-४ बस्ने ३८ वर्षीय अनिल सिंह रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कञ्चनपुरबाट खटिएको प्रहरीले दिनेशलाई १ ग्राम ९५ मिलिग्राम र अनिललाई ३ ग्राम ९ मिलिग्राम अवैध लागूऔषध जस्तो देखिने पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

दाङ, घोराही उपमहानगरपालिका-१५ भरतपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका पुरानो बसपार्क बस्ने २३ वर्षीय दिपेन्द्र रोका र सोही उपमहानगरपालिका रतनपुर बस्ने २२ वर्षीय अशोक खड्का रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले दिपेन्द्रलाई  १ सय २० मिलिग्राम र नगद १ हजार रूपैयाँ तथा अशोकलाई ३ ग्राम ९ सय ६० मिलिग्राम र नगद ८ हजार ४० रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।  

डडेल्धुरा, अमरगढी नगरपालिका-१ ढुन्ढुने बस्ने ५८ वर्षीय वीर बहादुर ऐरलाई अवैध लागूऔषध चरेश ६ केजी ५ सय ४० ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले संचालन गरेको किराना तथा चिया पसल र घरमा लागूऔषध चरेश लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले पसल र घरबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । 

सर्लाही, पर्सा गाउँपालिका-१ सितलपुरबाट अवैध लागूऔषध गाँजा करिब १० केजी शनिबार राति प्रहरीले बरामद गरेको छ । 

सिमा प्रहरी चौकी संग्रामपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ३० एस ११२४ नम्बरको मोटरसाइकल छाडी चालक फरार भएपश्चात प्रहरीले मोटरसाइकलमा रहेको प्लाष्टिकले बेरेको कार्टुनमा उक्त लागूऔषध फेला पारी बरामद गरेको हो । 

  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ
२०८०-११-१४

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ पिपलडाँडा बस्ने ३० वर्षीय सनतराज बोगटीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम ६ सय मिलिग्रामसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेत र अस्थायी प्रहरी पोष्ट लाटिकोइलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  कञ्चनपुर, पुनर्वास नगरपालिका-११ रामजानकी टोलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका-५ हसनपुर बस्ने २८ वर्षीय बिराट रावललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-००९ प २१९९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ७२ मिलिग्रामसहित कृष्णपुर नगरपालिका-२ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट सुकासालबाट खटिएको प्रहरीले सु.प.प्र.०२-००३ प ५१३६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर ६७ मिलिग्रामसहित सोही नगरपालिका-१८ भगतपुर बस्ने २३ वर्षीय भुवन मगर समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गडडाचौकी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।   दाङ, घोराही उपमहानगरपालिका-१८ फुर्सेखालीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय सनम कुमार बुढा र सोही उपमहानगरपालिका-१४ जनचेतना टोल बस्ने ३२ वर्षीय बिजय कुमार बुढा रहेका छन् । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले सनमको घरको तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । सर्लाही, बागमती नगरपालिका-१२ बाट अवैध लागूऔषध गाँजा ५ केजी २ सय १० ग्रामसहित सोही ठाउँ बस्ने १९ वर्षीय निशान घिसिङ समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरीले प्रदेश २-०४-००१ प ९५६२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । साथै मोटरसाइकलमा सवार हाल फरार एक जनाको प्रहरीले खोजी गरिरहेको छ । थप अनुसन्धानको क्रममा उक्त घटनामा संलग्न सिन्धुली हरिहरपुरगढी गाउँपालिका-४ बस्ने १९ वर्षीय रूपेश लामालाई बागमती नगरपालिका-११ पुतली चोकबाट प्रहरीले पक्राउ गरेको छ ।  यसैगरी सर्लाही, हरीवन नगरपालिका-१० बस्ने ५३ वर्षीया फुलमायाँ घिसिङलाई अवैध लागूऔषध गाँजा करिब ३ सय ३५ ग्राम र नगद ३ लाख ७९ हजार ३ सय २५ रूपैयाँसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनको किराना पसलको तलासी गर्ने क्रममा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । हाल फरार फुलमायाँका श्रीमान्‌को प्रहरीले खोजी गरिरहेको छ । तनहुँ, शुक्लागण्डकी नगरपालिका-८ गणपतेबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४ एम्पुल, नुर्फिन ४ एम्पुल, फेनारगन ४ एम्पुल र नगद १ लाख ४० हजार ५ सय रूपैयाँसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३४ वर्षीय राजकुमार सेन र सोही नगरपालिका-४ बस्ने २८ वर्षीय आशिष राना रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । झापा, मेचिनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-२ सुनखरी बस्ने ३३ वर्षीय प्रविन तामाङ र ४५ वर्षीया कलमा तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी झापा, मेचिनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ मिक्लाजुङ गाउँपालिका-९ बस्ने २८ वर्षीय डिक बहादुर कार्की र मोरङ मधुमल्ला तोरीवारी बस्ने २२ वर्षीया नाईरा भन्ने कोशिस तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०४१ प १०३८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तु ३ किलोसहित सर्लाही गोरहिता नगरपालिका-६ बस्ने ३८ वर्षीय दिनेश बैठालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगा र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले बा.प्र ०३-००६ ख ५३४४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो  ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषधसहित चार जना पक्राउ
२०८०-११-१४

मोरङ, विराटनगर महानगरपालिका-१३ एमएम प्लाष्टिक उद्योग छेउबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम ४४ मिलिग्रामसहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१४ बस्ने २१ वर्षीय दिपेश सिंह ठकुरी, सोही महानगरपालिका-१७ बस्ने १९ वर्षीय शिवम थापा मगर र सोही महानगरपालिका-१५ बस्ने २० वर्षीय सेजन राई रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले प्रदेश १-००१ ह १७८३ नम्बरको सिटी सफारीलाई जाँच गर्ने क्रममा सफारीमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  धनकुटा, पाख्रीवास नगरपालिका-४ कट्टेलडाँडाबाट अवैध लागूऔषध गाँजा करिब ३ किलो ६ सय ग्रामसहित सोही नगरपालिका-३ बस्ने २४ वर्षीय अनिल राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पाख्रीवासबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

करिब २४ किलो चरेशसहित पाँच जना पक्राउ
२०८०-११-१४

कपिलवस्तु, अवैध लागूऔषध चरेश जस्तो देखिने बस्तु करिब २४ किलो ५ सय ६० ग्रामसहित ५ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ खनियाबास गाउँपालिका-५ बस्ने ५९ वर्षीया सेती तामाङ, ६६ वर्षीय रेगदोन तामाङ, सल्यान सिद्धकुमाख गाउँपालिका-४ बस्ने ४० वर्षीय थल बहादुर रोका, धादिङ खनियाबास गाउँपालिका-५ बस्ने ५२ वर्षीया साङ जोम तामाङनी र रूकुम भुमे गाउँपालिका-२ घर भई दाङ लमही नगरपालिका-४ बस्ने ३७ वर्षीया भावना बुढा रहेका छ्न् । ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले कृष्णनगर नगरपालिका-२ लिङ्गेटबाट नेपालबाट भारततर्फ जाँदै गरेका सेती तामाङलाई ५ किलो ५ सय ५५ ग्राम, रेगदोन तामाङलाई ५ किलो ३ सय ६५ ग्राम, थल बहादुरलाई ४ किलो ६ सय १५ ग्राम र साङ जोमलाई ५ किलो ४ सय ८० ग्राम लागूऔषध चरेश जस्तो देखिने बस्तुसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा भावना बुढाको समेत संलग्नता रहेको खुल्न आएपछि उनलाई कृष्णनगर नगरपालिका-१ शिवानगरबाट थप ३ किलो ५ सय ४५ ग्राम चरेशजस्तो देखिने बस्तुसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८०-११-१३

बाँके, नेपालगंज उपमहानगरपालिका-१३ स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ मिलिग्रामसहित सोही उपमहानगरपालिका-११ उदयपुर बस्ने २० वर्षीय आकाश महरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको    हो । यसैगरी बाँके, कोहलपुर नगरपालिका-११ लोकनगरस्थित चिया पसलका संचालक बाजुरा हिमाली गाउँपालिका-४ घर भएका २५ वर्षीय खेमराज पाण्डे र उनकी श्रीमती २४ वर्षीया दिपा शाहीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्रामसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।  रौतहट, गुजरा नगरपालिका-४ लाल बकैया खोला वाँधबाट अवैध लागूऔषध गाँजा ४ किलोसहित बारा करैयामाई गाउँपालिका-१ हरैया टोल बस्ने ३५ वर्षीय हबिब अंसारीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट  र प्रहरी चौकी हरिनगरबाट खटिकएको प्रहरीले हाल नम्बर नखुलेको मोटरसाइकल सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । साथै हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।  कञ्चनपुर, पूनर्वास नगरपालिका-६ ङ गाउँ मनकामना टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-५ हसनपुर बस्ने ३९ वर्षीय योगेश भण्डारी र सोही उपमहानगरपालिका-४ उत्तर बेहडी बस्ने ३८ वर्षीय बल्देव बिष्ट रहेका छन् । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००९ प ७४४१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१९ तिलावे पुलबाट अवैध लागूऔषध गाँजा १ किलो १ सय ग्रामसहित बहुदरमाई नगरपालिका-९ बिश्रामपुर बस्ने ५५ वर्षीय मोखु रावत कुर्मीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बिन्दवासिनीबाट खटिएको प्रहरीले साईकलयात्री उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।  झापा, मेचिनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हिरोइन ८ ग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-५ बस्ने २४ वर्षीय थाम बहादुर विक र २४ वर्षीय अर्जुन विक रहेका छन् । लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका थाम बहादुरलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै थप सोधपुछ गर्ने क्रममा अर्जुन बिकको संलग्नता खुल्न आएपछि उनलाई समेत पक्राउ गरेको हो ।  काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-८ छहारी कल्ब बेशी गाँउबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५० ट्याब्लेट, फेनरागन ४५ ट्याब्लेट, टाल्जेसिक्स ६७ ट्याब्लेट, चक्कु १ थान, मोबाइल ३ थान र नगद ५ हजार ५ सय रूपैयाँसहित काभ्रे कानपुर घर भई काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-८ बेशी गाउँ बस्ने २७ वर्षीय कर्म लामा समेत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  बर्दिया, गुलरीया नगरपालिका-७ महाकबि टोल बस्ने २८ वर्षीय सानु खानलाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्रामसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका-८ जुम्ली टोल बस्ने लोकेन्द्र कडाराको घरबाट मोबाइल चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरी चौकी शितलाबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध र मोबाइलसहित फेला पारी पक्राउ गरेको हो ।  बागलुङ, निसीखोला गाउँपालिका-२ कान्छी बजारबाट अवैध लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ ११ किलो र गाँजा ६७ किलोसहित बडिगाड गाउँपालिका-८ भेडीखोर बस्ने २७ वर्षीय प्रेम बोहरा समेत ३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बुर्तिबाङ र प्रहरी चौकी जुग्जाखोलाबाट खटिएको प्रहरीले ध.१ च १२६१ नम्बरको बोलेरोलाई जाँच गर्ने क्रममा चालक बोहरा र गाडीमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित पक्राउ
२०८०-११-१३

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ स्थित चन्द्रा ईन्जिनियरिङ वर्कसपको कामदार बस्ने कोठाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्रामसहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही कोठामा बस्ने २८ वर्षीय प्रवेश सापकोटा, १८ वर्षीय र १७ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-३ भन्सार रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्रामसहित गोदावरी नगरपालिका-२ बस्ने २७ वर्षीय राजन मल्ललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली  र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८०-११-१२

कैलाली, धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर ४ सय मिलिग्रामसहित कन्चनपुर पुनर्वास नगरपालिका-१० भिम बस्ती बस्ने २३ वर्षीय नविन सुनार समेत ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ फनपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ५ सय मिलिग्रामसहित बझाङ दुर्गाथली गाउँपालिका-७ बस्ने १९ वर्षीय रोहित सिंहलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१६ रजतज्यन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ९७ मिलिग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-७ बस्ने २४ वर्षीय नबिन सुनुवारलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-१४ चाउथेबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ४ सय ३२ ट्याब्लेटसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-५ मालेपाटन बस्ने ३५ वर्षीय दिनेश श्रेष्ठ र सोही महानगरपालिका-८ बगाले टोल बस्ने ३६ वर्षीय आशिष खान पैठान रहेका छन् । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले विजयपुरबाट पोखरातर्फ आउँदै गरेको ग.३ प ८४०१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यसैगरी कास्की, पोखरा महानगरपालिका-१७ छोरेपाटनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय मिलिग्रामसहित ताप्लेजुङ फुङलिङ नगरपालिका-७ घर भएका ३८ वर्षीय मनिष गुरूङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो पोखरा समेतबाट खटिएको प्रहरीले नेपालगञ्जबाट पोखरातर्फ आउँदै गरेको भे.१ ख ३२६१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट नियन्त्रित लागूऔषध लुपिजेसिक २२ एम्पुल, डाईजेपाम २२ एम्पुल, ऐभिल २२ एम्पुल र फेनारागन २२ एम्पुलसहित बेलबारी नगरपालिका-२ बस्ने २४ वर्षीय निशान लिम्बुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले उनलाई गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।