अवैध लागूऔषध सहित पक्राउ
२०७९-०९-२५
- A
- A-
- A+
झापा, भद्रपुर नगरपालिका-४ बस्ने २२ वर्षीय महमद सवर अन्सारीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १६ ग्राम ६ सय मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१३ सुम्निमा चोक बस्ने ४७ वर्षीय पर्शुराम गुरुङलाई अवैध लागूऔषध १७ केजी गाँजा सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको को.१ ह १८५६ नम्बरको अटो समेत प्रहरीले बरामद गरेको छ ।
सिन्धुली, कमलामाई नगरपालिका-९ स्थित सडकबाट पाँचथर फिदिम नगरपालिका-१ बस्ने २१ वर्षीय बबिन थापा मगर र २० वर्षीय आयुस मुखियालाई अवैध लागूऔषध सहित गएराति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले बिर्तामोड झापाबाट काठमाडौंतर्फ जाँदै गरेको प्र.३-०१-००६ ख ०६२६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार बबिनलाई खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ५ सय ८० मिलिग्राम र आयुसलाई करिब ९० ग्राम गाँजा जस्तो देखिने पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।