प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट दुई जना पक्राउ

२०८१-०१-१८

  • A
  • A-
  • A+
Share

झापा, झापा गाउँपालिका-३ कामाटोलीबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय १६ ग्राम ६० मिलिग्राम, दाउ थान १ र खुकुरी थान १ सहित सोही गाउँपालिका-४ खैरबारी बस्ने २५ वर्षीय सरिफुल आलमलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा लागूऔषध कारोवार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट खटिएको संयुक्त टोलीले आलमलाई नियन्त्रणमा लिने क्रममा निजले आफ्नो साथमा रहेको दाउ र खुकुरीले प्रहरीमाथि आक्रमण गर्न खोजे पश्चात प्रतिरक्षा स्वरूप प्रहरीले गोली फायर गर्दा गोली लागेर सामान्य घाइते भएका छन् । उनलाई तत्कालै उपचारार्थ प्रादेशिक अस्पताल भद्रपुर झापामा लगिएको छ । 

कैलाली, गोदावरी नगरपालिका-१ मनहराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय २० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका बस्ने २३ वर्षीय सुरज चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८१-०२-०८

कैलाली, धनगढी उपमहानगरपालिका-४ स्थित ट्याम्पल रिसोर्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-४ डेरा गरी बस्ने गौरीगंगा नगरपालिका-४ घर भएका २६ वर्षीय रोहन परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्रामसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको  छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२ बस्ने ३५ वर्षीय अशोक पाल र सोही उपमहानगरपालिका-१ बस्ने १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले सु.प.प्र.०१०१० प ९४०३ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ४९ मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैचा नगरपालिका-७ गछियाँ बस्ने २० वर्षीय विमल चौधरी र सोही नगरपालिका-१० बस्ने २१ वर्षीय निकेश चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ पुरी टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ९१ मिलिग्रामसहित इनरूवा नगरपालिका-६ सखुवागाछी बस्ने २६ वर्षीय सुशान्त खनाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । मोरङ, बिराटनगर महानगरपालिका-१६ दरैयाचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३९ मिलिग्रामसहित सुनसरी दुहबी नगरपालिका-२ बस्ने २० वर्षीय शुसान्त चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०२-०५३ प ५८२१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक शुसान्तलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-३१ नहरचोकस्थित धौलागिरी होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ५ सय मिलिग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१२ घर बताउने २६ वर्षीय अस्मित ढुंगानालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा लागूऔषध बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले होटलमा बस्दै आएका अस्मितको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-१६ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० ग्राम र अफिम जस्तो देखिने पदार्थ १ सय ५० ग्रामसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ घर भएका २९ वर्षीय समुन्द्र साह र २४ वर्षीय अमिर बानियाँ रहेका छन् । प्रहरी चौकी इनर्वा पर्सा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-०२ प ९४५० नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।झापा, मेचिनगर नगरपालिका-६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम १ सय मिलिग्रामसहित दमक नगरपालिका-९ बस्ने २७ वर्षीय आषिश खडियालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।   ललितपुर, महालक्ष्मी नगरपालिका-५ टिकाथलीबाट अवैध लागूऔषध गाँजा १ सय ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल २१ ट्याब्लेट, नगद ४ हजार ९ सय १५ रूपैयाँ, मोबाइल ६ थान, ट्याब १ थान, हातमा लगाउने नक २ थान, बन्चरो १ थान, क्यामरा १ थानसहित काभ्रे घर भई काठमाडौं कोटेश्‍वर बस्ने १८ वर्षीय किशोर समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टिकाथलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध र सरसामानसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित चार जना पक्राउ
२०८१-०२-०७

सुर्खेत, भेरीगंगा नगरपालिका-९ जहरे बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्रामसहित गुर्भाकोट नगरपालिका-१४ कृष्णनगर बस्ने २४ वर्षीय भक्त बहादुर दमाईलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जहरेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ४५ ट्याब्लेटसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ब्यास नगरपालिका-५ दमौली बस्ने २२ वर्षीय शैलेस लामिछाने र २४ वर्षीय सुजन श्रेष्ठ रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग.१० प ६९२४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । सुनसरी, कोशी गाउँपालिका-१ पुरी टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ९१ मिलिग्रामसहित इनरूवा नगरपालिका-६ सखुवागाछी बस्ने २६ वर्षीय सुशान्त खनाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट लौकही बजारतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८१-०२-०७

कैलाली, जानकी गाउँपालिका-६ स्वर्णपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय मिलिग्रामसहित सोही गाउँपालिका-६ बस्ने २७ अमृत थापालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो  । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ त्रिभुवनचोकबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय ग्रामसहित सोही उपमहानगरपालिका-१३ बस्ने १७ वर्षीय र १८ वर्षीय २ जना किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट चटकपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।झापा, विर्तामोड नगरपालिका-३ स्थित लक्की रेष्टुरेण्ट एण्ड फास्ट फुड होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्राम ४ सय मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ गणपती बेकरी छेउ बस्ने २६ वर्षीय कुन्दन कुमार शर्मा र भारत दार्जेलिङ घर बताउने २३ वर्षीय रोहित मुखिया रहेका छन् । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको  हो ।सिन्धुली, कमलामाई नगरपालिका-४ ढुङ्ग्रेबासबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ९० मिलिग्राम, गाँजा जस्तो देखिने पदार्थ १५ ग्राम ८ सय ३० मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्मो १ ट्याब्लेटसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कमलामाई नगरपालिका-४ डेरा गरी बस्ने तीनपाटन गाउँपालिका-९ घर भएका २६ वर्षीय बिनोद परियार र गोलन्जोर गाउँपालिका-६ बस्ने २२ वर्षीय रबिन मैनाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।सुनसरी, हरिनगर गाउँपालिका-७ स्थित सडकबाट नियन्त्रित लागूऔषध स्पास्मो करिब ३२ पिस, गाँजासहितको चिलिम १ थान, स्रोत नखुलेको १ लाख ९ हजार २ सय ६० नेपाली रूपैयाँ र १ सय ३० भारतीय रूपैयाँसहित देवानगञ्ज गाउँपालिका-२ बस्ने २५ वर्षीय रहमान मिहाँ समेत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी घुस्की र अस्थाई प्रहरी चौकी मोतिटप्पुबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । मोरङ, बिराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्रामसहित सोही महानगरपालिका-११ बस्ने ३२ वर्षीया कल्पना राजभण्डारीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित चार जना पक्राउ
२०८१-०२-०६

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४८ ग्रामसहित बाँके कोहलपुर नगरपालिका-१२ घर भएका ३२ वर्षीय सचिन रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले ना.५ ख ४०५६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । बाँके, खजुरा गाउँपालिका-३ एक नम्बर बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय रोहित सुनार, २२ वर्षीय आशिष सुनार र  २६ वर्षीय सचिन सिङ क्षेत्री रहेका छन् । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो  । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।