प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित चार जना पक्राउ

२०८१-०२-०७

  • A
  • A-
  • A+
Share

सुर्खेत, भेरीगंगा नगरपालिका-९ जहरे बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्रामसहित गुर्भाकोट नगरपालिका-१४ कृष्णनगर बस्ने २४ वर्षीय भक्त बहादुर दमाईलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जहरेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ४५ ट्याब्लेटसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ब्यास नगरपालिका-५ दमौली बस्ने २२ वर्षीय शैलेस लामिछाने र २४ वर्षीय सुजन श्रेष्ठ रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग.१० प ६९२४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

सुनसरी, कोशी गाउँपालिका-१ पुरी टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ९१ मिलिग्रामसहित इनरूवा नगरपालिका-६ सखुवागाछी बस्ने २६ वर्षीय सुशान्त खनाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट लौकही बजारतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषधसहित तीन जना पक्राउ
२०८१-०३-०१

बारा, निजगढ नगरपालिका-८ स्थित तामागढी गेटबाट अवैध लागूऔषध गाँजा करिब १५ किलोग्रामसहित मकवानपुर कैलाश गाउँपालिका-८ बस्ने २१ वर्षीय मनोज मोक्तानलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले रतनपुरबाट निजगढतर्फ आउँदै गरेको बा.प्र-०३-००५ प ६९१९ नम्बरको मोटरसाइकलका चालक मोक्तानलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै हाल फरार मोटरसाइकलमा सवार १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।  चितवन, रत्ननगर नगरपालिका-१६ खैरेनी टोल बस्ने ३२ वर्षीय अपनु श्रेष्ठलाई अवैध लागूऔषध गाँजा ६ किलोग्राम, एनारगन ५ सय ट्याब्लेट र ट्रामाडोल ४ सय ९७ ट्याब्लेटसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी पिठुवाबाट खटिएको प्रहरीले उनको घरबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ति चोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ४५ ट्याब्लेटसहित  मकवानपुर हेटौंडा उपमहानगरपालिका-१८ फुर्केचौर बस्ने २४ वर्षीय बिशाल थिङ्गलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको   छ । प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो वीरगंजबाट खटिएको संयुक्त टोलीले भारत रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेका उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८१-०३-०१

काठमाडौं, ३२ जेठ पर्सा, वीरगंज महानगरपालिका-१५ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब १ सय २ ग्रामसहित भारत मोतिहारी ग्राम लालाछापरा-१ बस्ने २५ वर्षीय महमद नेजामुदीनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले बाराबाट वीरगंजतर्फ जाँदै गरेको बिआर ०५ एवाई १३४६ नम्बरको कारलाई जाँच गर्ने क्रममा चालक महमदलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । झापा, मेचिनगर नगरपालिका-६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ८० मिलिग्रामसहित इलाम चुलाचुली गाउँपालिका-३ बस्ने ३० वर्षीय बिनोद ढुंगेललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीटंकीबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहरास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्रामसहित सोही उपमहानगरपालिका-७ बस्ने २७ वर्षीय सन्जित रानालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यसैगरी, कैलाली गोदावरी नगरपालिका-३ चौकिडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ३० मिलिग्राम र माटोजस्तो देखिेने धुलो पदार्थ ३ ग्राम ६ सय ३० मिलिग्रामसहित कञ्चनपुर कृष्णपुर नगरपालिका-६ मझगैई बस्ने २५ वर्षीय आषिस चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । मोरङ, सुनवर्षी नगरपालिका-९ डाईनिया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५६ ग्राम १३ मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत विहार अररिया, पोखरिया पञ्चायत-३ बस्ने १९ वर्षीय राहुल राजा र मोरङ सुनबर्षी नगरपालिका-९ बस्ने २४ वर्षीय आदर्श दास रहेका छन् । इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।सुनसरी, धरान उपमहानगरपालिका-११ बानडाँडा बस्ने २२ वर्षीया आयुषा राईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घरबाट उक्त पदार्थसहित पक्राउ गरेको हो ।बाँके, नेपालगंज उपमहानगरपालिका-२ बागेश्‍वरी मन्दिर परिसरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्रामसहित भारत बहराईच बस्ने १८/१८ वर्षीय २ जना किशोरलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण व्यूरो नेपालगंजबाट संयक्त रूपमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-४ अनुपम टोल डेरा गरी बस्ने सोही महानगरपालिका-१० घर भएका २७ वर्षीय बाबु भन्ने सुशील लामालाई उनकै डेराकोठाबाट अवैध लागूऔषध गाँजा १२ किलोसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको   छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी पक्राउ गरेको हो ।बर्दिया, बढैयाताल गाउँपालिका-८ नयाँबस्तीस्थित सडकबाट अवैध लागूऔषध जस्तो देखिने खैरो पर्दाथ ४ ग्राम ८ सय मिलिग्रामसहित बाँसगढी नगरपालिका-९ माछगढ बस्ने २२ वर्षीय खडक बहादुर थापालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ
२०८१-०२-३१

मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले सुनसरी दुहबी नगरपालिका-४ बस्ने २० वर्षीय पारस चौधरी र झापा गौरादह नगरपालिका-२ बस्ने ३५ वर्षीय संजिव खड्कालाई २ ग्राम ५३ मिलिग्राम तथा मोरङ सुन्दर हरैचा नगरपालिका-४ बस्ने २१ वर्षीय मदन चौधरी र भोजपुर अरुण गाउँपालिका-१ बस्ने २० वर्षीय बिनोद सिवा परियारलाई ४१ ग्राम ३३ मिलिग्रामसहित पक्राउ गरेको हो । बाँके, नेपालगञ्ज उपमहानगरपालिका-६ रामनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२२ पुरैनी बस्ने २७ वर्षीय पम्पु धोबी र ४० वर्षीय सुकरेत रावत रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-७ बाबाथानबाट अवैध लागूऔषध चरेश १५ ग्राम ३ मिलिग्रामसहित सोही ठाउँ बस्ने २७ वर्षीय सुरज सुनारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै सोधपुछको क्रममा उक्त चरेश सोही नगरपालिका-२ पूर्णा टोल बस्ने ५० वर्षीय गणेश सिंह साउदबाट खरिद गरी ल्याएको खुल्न आएपछि गणेशको सोही ठाउँस्थित पसलबाट ६० ग्राम चरेश फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८१-०२-३०

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया गुलरिया नगरपालिका-९ बस्ने २४ वर्षीय युवराज थापा र २६ वर्षीय प्रकाश थापा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको संयुक्त टोलीले बर्दियाबाट काठमाडौंतर्फ आउँदै गरेको भे.१ ख ३६७५ नम्बरको बसमा सवार उनीहरूलाई पक्राउ गरेको हो । मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३८ ग्राम ८० मिलिग्रामसहित सोही महानगरपालिका-३ बस्ने ३० वर्षीय सुनिल गडेरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई पक्राउ गरेको हो । सुनसरी, कोशी गाउँपालिका-१ लौकही बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४५ ग्राम २ मिलिग्रामसहित भारत बिहार घर भएका ४२ वर्षीय सन्तोष यादव समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकाही र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको संयुक्त टोलीले को.३९ प ७२६७ नम्बरको मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो । कञ्चनपुर, भिमदत्त नगरपालिका-१८ सालघारीबाट अवैध लागूऔषध चेरश जस्तो देखिने पदार्थ ११ ग्राम ८७ मिलिग्राम र डिजिटल तराजु १ थानसहित सोही ठाउँ बस्ने ४१ वर्षीय गणेश पाण्डेलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले पाण्डेले संचालन गरेको पाण्डे किराना तथा नास्ता पसलमा जाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।