प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अच्युत-मिना अशक्त प्रहरी कर्मचारी वृत्ति स्थापना

२०७८-०७-१०

  • A
  • A-
  • A+
Share

काठमाडौं, नेपाल प्रहरी स्मारक गुठी र पूर्व प्रहरी महानिरीक्षक अच्युत कृष्ण खरेल बिच नेपाल प्रहरीमा कार्यरत अशक्त प्रहरी कर्मचारीहरूको जीविको पार्जन तथा औषधि उपचारमा सहयोग पुर्‍याउने उद्देश्यका साथ अच्युत-मिना अशक्त प्रहरी कर्मचारी वृत्ति स्थापना भएको छ । 

नेपाल प्रहरी स्मारक गुठी तथा पूर्व प्रहरी महानिरीक्षक खरेलद्वारा गत असोज २० गते स्थापित ‘अच्युत-मिना अशक्त प्रहरी कर्मचारी वृत्ति’ आगामी मंसिर महिनाबाट कार्यान्वयनको चरणमा रहेको छ । कर्तव्य पालनको सिलसिलामा अशक्त भएकामध्ये प्रहरी जवान २ जना, प्रहरी हवल्दार २ जना, प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी नायव निरीक्षक १ जना र सिनियर प्रहरी अधिकृत १ जना गरी जम्मा ७ जना प्रहरी कर्मचारीहरूको छनौट गरी वृत्ति प्रदान गरिने उक्त स्मारक गुठीले जनाएको छ । 

सम्बन्धित समाचार
जनचेतनामूलक साँस्कृतिक अभियान सम्पन्न
२०८१-०१-२५

प्युठान, जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य तथा गन्दर्भ समाज नेपाल प्युठानको आयोजनामा ‘लागूऔषध दुर्व्यसन, बाल विवाह तथा वन डढेलोको न्यूनीकरण सम्बन्धी’ जनचेतनामूलक साँस्कृतिक अभियान कार्यक्रम, २०८१ ऐरावती गाउँपालिका सराङवेशीस्थित महेन्द्र माध्यामिक विद्यालयमा सोमबार सम्पन्न भएको छ ।  कार्यक्रममा जिल्ला समन्वय समिति प्युठानका उप-प्रमुख दुर्गा रेग्मीले डढेलो नियन्त्रणका लागि यस्ता कार्यक्रम अत्यन्तै उपयोगी हुने चर्चा गर्दै बालबालिका भविष्यका कर्णधारहरू भएकाले लागूऔषध दुर्व्यसनीमा नफसी उज्ज्वल भविष्यको बाटो तय गर्नुपर्ने बताउनुभयो । साथै बालविवाहतर्फ अभिभावकहरू पनि सदैव सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।  सो अवसरमा ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले लागूऔषध दुर्व्यसनमा फस्दा बढ्ने अपराधले  समाजमा नकारात्मक असर गर्ने हुनाले अभिभावक, जनप्रतिनिधि सचेत हुनु पर्ने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर थापाले लागूऔषध दुर्व्यसनको कारण हुने अपराध न्यूनीकरण तथा रोकथाम गर्ने जिम्मेवारी सबै सरोकारवाला निकायहरूको रहेको बताउनुभयो ।  ऐरावती गाउँपालिका-५ का वडाअध्यक्ष चन्द्र बहादुर रोका मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी, शिक्षक, विद्यार्थीहरू र स्थानीय भद्रभलाद्‍मीको सहभागिता रहेको थियो । कार्यक्रममा गन्दर्भ समाज नेपाल प्युठानका साँस्कृतिक टोली, विद्यार्थी लगायतले लागूऔषध दुर्व्यसन, बालविवाहले व्यक्ति तथा समाजमा पुर्‍याउने असरको बारेमा सन्देशमूलक गीत र नृत्य प्रस्तुत गरेका थिए ।  यसैगरी उक्त जनचेतनामूलक साँस्कृतिक अभियान कार्यक्रम ऐरावती गाउँपालिका-४ धुवाङ्गस्थित पद्‍मोदय माध्यामिक विद्यालयमा सोही विद्यालयका प्रधानाध्यापक देवेन्द्र पोख्रेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्युठानका उप-प्रमुख दुर्गा रेग्मीको प्रमुख आतिथ्यतामा सोमबार सम्पन्न भएको छ । 

दक्षता अभिवृद्धिका लागि ५१ जनालाई ट्राफिक प्रशासन तालिम सञ्चालन
२०८१-०१-२३

काठमाडौं, ट्राफिक प्रहरीको दक्षता अभिवृद्धिका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५१ जना प्रहरी कर्मचारीहरूका लागि ट्राफिक प्रशासन तालिम सञ्चालन गरेको छ ।  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा संचालित २४ औं समूहको उक्त तालिमको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले सोही कार्यालयमा आइतबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले ट्राफिक व्यवस्थापनमा आएका चुनौतीलाई सामना गर्न र दुर्घटना न्यूनीकरण गर्नलाई आवश्यक व्यावसायिक ज्ञान, सीप, कौशल तालिममा प्रदान गरिने बताउनुभयो । प्रशिक्षणमा प्रशिक्षार्थीहरूलाई अनुशासित ढंगले ट्राफिक सम्बन्धी सम्पूर्ण सीप हासिल गराई तालिम पश्चात कार्यक्षेत्रमा उत्कृष्ट ढंगले कर्तव्य निर्वाह गर्न सक्षम जनशक्ति उत्पादन गर्नेतर्फ जोड दिइएको उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक दलराम टमाटाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ३५ दिन कार्य अवधि रहेको उक्त तालिममा प्रहरी नायव निरीक्षक २१ जना र प्रहरी सहायक निरीक्षक ३० जना गरी कुल ५१ जना प्रशिक्षार्थीहरू सहभागी रहेको जानकारी दिनुभयो ।

अपराध रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८१-०१-२३

प्युठान, जिल्ला प्रहरी कार्यालय प्युठानको समन्वय र गौमुखी गाउँपालिका-७ नारीकोटको आयोजनामा लागूऔषध दुर्व्यसन, लैंगिक हिंसा र अपराध रोकथाम तथा महिला हिंसा सम्बन्धी सचेतनामूलक कार्यक्रम शनिबार सम्पन्न भएको छ ।  जिल्ला प्रशासन कार्यालय प्युठानका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालको प्रमुख आतिथ्य र गौमुखी गाउँपालिका-७ नारीकोटका वडा अध्यक्ष कोमल पुरीको अध्यक्षतामा सोही गाउँपालिकास्थित अमृत जीवन माध्यामिक विद्यालयमा उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले प्रविधिको गलत प्रयोगका कारण हिंसा बढेको पाइएको उल्लेख गर्दै समाजमा हुने गरेका हिंसा लुकाउँदा र जोगाउँदा अपराधीलाई अपराध गर्नमा प्रोत्साहन हुने भएकोले कानूनको दायरामा ल्याउन सबैले आ-आफ्नो पक्षबाट सहयोग गर्नुपर्ने बताउनुभयो । महिलाविरुद्ध हुने जुनसुकै हिंसालाई कानूनी दायरामा ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।  जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर थापाले कार्यक्रमको औचित्यमाथि जानकारी दिनुभएको उक्त कार्यक्रममा कर्ण सकारात्मक कोष भालुवाङका संयोजक बसन्त पुनले लागूऔषध नियन्त्रण सम्बन्धी र कर्ण सकारात्मक कोष दाङका संयोजक सुन्दर गौतमले लैंगिक हिंसा सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो ।  जिल्लास्थित विभिन्न सरकारी तथा संघसंस्थाका प्रमुख, जनप्रतिनिधि, सञ्चारकर्मी, सरोकारवाला निकाय, विभिन्न आमा समूह, स्थानीय भद्रभलाद्‍मीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय प्युठानका सहायक जिल्ला न्यायाधिवक्ता विष्णु हरि मरासिनीले कानूनी प्रावधानको बारेमा जानकारी दिनुभएको थियो । 

कर्णाली प्रदेशमा प्रभावकारी बन्दै यात्रु मैत्री अभियान
२०८१-०१-२१

काठमाडौं, सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुलाई यात्राको समयमा हुने समस्याहरू समाधान गर्ने उद्देश्यले कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले शुरू गरेको ‘यात्रु मैत्री अभियान’ प्रभावकारी हुँदै गएको छ । २०७९ माघ १८ गते शुभारम्भ गरिएको अभियानलाई 'सुरक्षित कर्णाली विशेष अभियान, २०८०' अन्तर्गत राखेर काम गर्दा थप प्रभावकारी बन्दै गएको हो । यसले सार्वजनिक सवारी साधनमा यात्रा गर्दा आइपर्ने समस्या र अप्ठेरा समाधान गरी यात्रुलाई सेवा दिन सकिने तथ्य पुष्टि गरेको छ ।सवारी आवागमनलाई सहज र सुरक्षित बनाई दुर्घटना न्यूनीकरण गर्न थप प्रहरी परिचालन गरी अभियान संचालन गरिएको छ । अभियान शुरू भएदेखि २०८० चैत महिनासम्मको अवधिमा कर्णाली प्रदेशमा यात्रु मैत्री अभियान अन्तर्गत जम्मा ८ लाख १६ हजार ८ सय ४१ वटा सवारी साधन जाँच गरिएको छ । ती सवारीमा यात्रा गर्ने २९ लाख ९ हजार ९ सय ९४ जना नागरिक लाभान्वित भएका छन् । सार्वजनिक सवारी साधनमा यात्रुलाई सुरक्षित र मर्यादित रूपमा यात्रा गराउने वातावरण सिर्जना गर्न अभियान केन्द्रित रहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “यात्रुलाई सुरक्षित र सहज तरिकाले गन्तव्य तय गराउने अवस्था सिर्जना गर्नका निमित्त अभियान संचालन गरिएको हो । यसले बिना झन्झट र नठगिइकन यात्रा गर्न पाइएको पृष्ठपोषण यात्रुहरूबाट आइरहेको छ । अभियानको उचित अनुगमन र मूल्याङ्कन गर्दै यसलाई अझ प्रभावकारी बनाउन केन्द्रबाट समेत निर्देशन एवम् उचित व्यवस्थापन गरिएको छ । यसले गर्दा समस्या परेमा, दुर्व्यवहार भएमा तत्काल प्रहरीले यात्रुलाई सहयोग पुर्‍याउँदछ ।” धेरै सवारी साधन आवतजावत गर्ने ठाउँ र सडकमा सक्रिय रूपमा प्रहरी परिचालन गर्ने गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बीर बहादुर ओली भन्नुहुन्छ, “हामीले हरेक इलाकामा नजिकको प्रहरी कार्यालय र ट्राफिक प्रहरीको फोन नम्बर, हटलाइन नम्बर दिएका छौं । कुनै समस्या भए खबर गर्न अनुरोध गरेका छौं । गस्ती बढाएका छौं । खबर प्राप्त हुनासाथ तत्काल प्रहरी खटिएर गई आवश्यक कारवाही गर्ने गरिएको छ । सवारीसँग सम्बन्धित सरोकारवाला निकाय, सवारी धनी तथा सवारी चालक एवम् सहचालकसँग मिलेर उनीहरूकै सुझाव कार्यान्वयन गर्दै काम गर्दा अभियान सफल हुँदै गएको छ ।” सडक सुरक्षाको लागि स्थानीय तह र सरोकारवाला निकायहरूसँग समन्वय गरी पर्याप्त मात्रामा रोड ईन्जिनियरिङ र रोड फर्निचर समेतको व्यवस्थापन गर्न योजनावद्ध ढंगले काम गरिरहेको प्रहरी वरिष्ठ उपरीक्षक ओलीको भनाइ छ । अभियान नागरिकमैत्री छ । प्रविधिको प्रयोगलाई विशेष जोड दिइएको छ । जसले तथ्यगत सूचना संकलन गर्न तत्काल उचित निर्णय गर्न सघाउँछ । सुरक्षित यात्राका लागि समस्या भए समाधानका लागि ट्राफिक प्रहरीले विभिन्न चेक प्वाइन्टमा यात्रुको अवस्था बारे जानकारी लिने गरेको छ । अभियान सफल पार्न, प्रहरीले आफ्नो सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउन विभिन्न रणनीति तय गरी काम गरिरहेको छ । यसका लागि भौतिक पूर्वाधार र साधन स्रोत सुधार एवम् थप गर्न पहल गरिएको प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालको भनाइ छ । 

प्रहरी महानिरीक्षकबाट अमेरिका र वेस्ट इन्डिज जान लागेका खेलाडीलाई शुभकामना सहित विदाइ
२०८१-०१-२१

काठमाडौं, वैशाख नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले अमेरिका र वेस्ट इन्डिजमा जेठ २० गतेदेखि असार १५ गतेसम्म हुन गइरहेको आइसिसि मेन्स टि २० क्रिकेट वर्ल्ड कप प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट सहभागी हुन जान लागेका ६ जना खेलाडीहरूलाई शुभकामना सहित विदाइ गर्नुभएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीमा छनौट हुन सफल भई त्यसतर्फ जान लागेका खेलाडीहरू दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, कुशल भुर्तेल, ललित राजवंशी, करण केसी र सागर ढकाललाई नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक कुँवरले विदाइ गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले अन्तर्राष्ट्रिय स्तरमा हुने महत्वपूर्ण खेलकुद प्रतियोगिताहरूमा नेपाल प्रहरीको तर्फबाट सहभागिता जनाई उत्कृष्ट खेल प्रदर्शनका साथै प्राप्त गरेको सफलताको कारणले समग्र नेपाल प्रहरी संगठनको गौरव बढेको उल्लेख गर्नुभयो । भावनात्मक रूपमा खेलकुद जगतलाई उच्च बनाउन संगठन सकारात्मक रहेको उहाँले   बताउनुभयो । यी खेलाडीहरू हाम्रा हुन् भनेर चिन्न पाउँदा समग्र संगठनलाई गर्व महसुस भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले राष्ट्रिय टिमलाई बिजय दिलाउँदै कीर्तिमान कायम गर्नका निमित्त लगनशील भई उच्च मनोबलका साथ खेल्न खेलाडीहरूलाई आग्रह गर्नुभयो ।   कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो ।

इन्डोनेसियन नेशनल प्रहरीको टोलीद्वारा प्रहरी कार्यालयहरूको अवलोकन
२०८१-०१-२०

 काठमाडौं,इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख आइजीपी कृष्ण मुर्तीसहितको ६ सदस्यीय टोलीले बिहीबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज र नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपनको अवलोकन भ्रमण गरेको छ ।   भम्रणको क्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका निमित्त कार्यकारी निर्देशक प्रहरी नायव महानिरीक्षक उमेश राज जोशी र आइजीपी कृष्ण मुर्ती बिच शिष्टाचार भेटघाट भएको थियो । आइजीपी कृष्ण मुर्ती समेतको टोलीले प्रतिष्ठानस्थित क्राइम सिन ट्रेनिङ ल्यावको समेत अवलोकन गरेको थियो ।  सो अवसरमा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दिप शम्शेर राणाले उक्त प्रतिष्ठानको परिचय, नेपाल प्रहरीमा नयाँ भर्ना नीति एवम् प्रकृया, तालिम पाठ्यक्रम विकास र प्रकृया, तालिम सम्बन्धी गतिविधि, संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता र योगदान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।यसैगरी आइजीपी कृष्ण मुर्तीसहितको टोलीले नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपनको भ्रमणको क्रममा युज अफ फोर्स एण्ड होस्टेज रेस्क्यू सम्बन्धी डेमो प्रदर्शनको अवलोकन गरेको छ । उक्त अवसरमा कार्यदलमा आयोजित कार्यक्रममा प्रहरी निरीक्षक समुन्नत अधिकारीले कार्यदलको सांगठनिक परिचय, काम, कर्तव्य, तालिम गतिविधि सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । आइजीपी कृष्ण मुर्ती समेतको टोली ५ दिने भ्रमणका सिलसिलामा मंगलबार नेपाल आएको थियो ।