अवैध लागूऔषध सहित पक्राउ
२०७९-१०-०३
- A
- A-
- A+
कैलाली, धनगढी उपमहानगरपालिका-४ बसपार्क पछाडि बस्ने २३ वर्षीय आयुस ढकाल र गौरीगंगा नगरपालिका-४ घर भई धनगढी उपमहानगरपालिका-४ डेरा गरी बस्ने २५ वर्षीय बिजय नेपालीलाई अवैध लागूऔषध ब्राउनसुगर ३ सय मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१५ बाट स्थित एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९१ मिलिग्राम सहित सोही महानगरपालिका-१० बस्ने ३० वर्षीय सुमित सुबेदीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२७ प ९१६२ नम्बरको मोटरसाइकलललाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी चालक समेत उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।