नियन्त्रित लागूऔषध सहित पक्राउ
२०७९-१०-०३
- A
- A-
- A+
काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-११ कपन गुरुङटोलबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय २ एम्पुल, फेनारगन १ सय १ एम्पुल र बुप्रेनोर्फिन ९३ एम्पुल सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बुढानिलकण्ठ नगरपालिका-११ कपन गुरुङटोल बस्ने रामेछाप घर भएका २८ वर्षीय मंजिल राई र २७ वर्षीय प्रज्वल गुरुङ रहेका छन् ।
विशेष सूचनाका आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले मंजिल राईको कोठाबाट उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।