अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०७९-१०-१७
- A
- A-
- A+
कैलाली, दार्चुला नौँगाड गाउँपालिका-२ घर भई कैलाली धनगढी उपमहानगरपालिका-३ चटकपुरस्थित गौरी शंकर अल्लो कपडा उद्योगका संचालक ३४ वर्षीय नरेन्द्र सिंह धामी समेत ४ जनालाई अवैध लागूऔषध चरेश ११ केजी ९ सय ग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त टोलीले उद्योग तलासी गर्दा उक्त परिमाणको लागूऔषध र डिजिटल काँटा १ थान फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।