नियन्त्रित लागूऔषध सहित पक्राउ
२०७९-१०-१८
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-१४ टेकुसीस्थित सडकबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन २ हजार २ सय एम्पुल, डाईजेपाम २ हजार २ सय एम्पुल र फेनारगन २ हजार २ सय एम्पुल सहित सर्लाही हरिवन नगरपालिका-८ घर भएका ३९ वर्षीय कैलाश बिकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले ना.१ ज ५५२४ नम्बरको सुमो गाडीलाई जाँच गर्नेक्रममा गाडीभित्र उक्त परिमाणको लागूऔषध फेला पारी चालक बिकलाई पक्राउ गरेको हो ।
उनीउपर लागूऔषध मुद्दामा म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।