अवैध लागूऔषध सहित पक्राउ
२०७९-१०-२९
- A
- A-
- A+
मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवेध लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ४ ग्राम १५ मिलिग्राम सहित सुनसरी ईटहरी उपमहानगरपालिका-३ बस्ने ३३ वर्षीय दिपेश राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
धनकुटा, सहिदभूमि गाउँपालिका-४ पिप्लेबाट अवैध लागूऔषध गाँजा करिब ४ सय केजी शनिबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरीले को.१ ज ३११८ नम्बरको पिकअप चेकजाँच गर्न खोज्दा उक्त पिकअप भागेपछि प्रहरीले पछ्याउदै जाँदा सोही ठाउँस्थित सडक छेउमा पिकअप छाडी चालक फरार भएको थियो । उक्त पिकअप जाँच गर्ने क्रममा त्रिपालले छोपेको अवस्थामा उक्त परिमाणको लागूऔषध फेला पारी प्रहरीले बरामद गरेको हो । फरार चालकको खोजी भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।