अवैध लागूऔषध सहित पक्राउ
२०७९-११-०१
- A
- A-
- A+
सुनसरी, देवानगंज गाउँपालिका-६ स्थित सडकमा को.१ ज १६६१ नम्बरको पिकअप गाडीबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ५० केजीसहित गाडी चालक धरान उपमहानगरपालिका-१६ सरस्वती चोक बस्ने २७ वर्षीय पूर्ण बहादुर राई र सहचालक विजय राईलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय देवानगंज, प्रहरी चौकी कप्तानगंज र अस्थायी प्रहरी चौकी रासीबाट खटिएको संयुक्त टोलीले उक्त गाडी तलासी गर्दा लुकाई छिपाई ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
भक्तपुर, भक्तपुर नगरपालिका-२ सानोव्यासीबाट अवैध लागूऔषध पोल्यान्ड करिब १ केजीसहित काभ्रे रोशी गाउँपालिका-१० घर भई हाल भक्तपुर सल्लाघारी बस्ने २४ वर्षीय पेम्बा छेयफेल तामाङसमेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले सल्लाघारीबाट व्यासीतर्फ आउँदै गरेको बागमती प्रदेश-०२-०१९ प ८८२० नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-६ गौरीटारबाट अवैध लागूऔषध गाँजा करिब २ केजी ९ सय ग्राम र नियन्त्रित लागूऔषध नाईट्राभेट ३० ट्याब्लेटसहित सोही ठाउँ बस्ने ३२ वर्षीय भिम राउतलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी चौघडाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
नवलपरासी (पूर्व), मध्यबिन्दु नगरपालिका-१५ गडारखोलास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर २ सय ७० मिलिग्रामसहित कपिलबस्तु वाणगंगा नगरपालिका-७ बस्ने २३ वर्षीय लक्ष्मण थारुसमेत २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले लु.२ ख ४७७० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।