प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित १४ जना पक्राउ

२०७९-११-०२

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानगरपालिका-२१ दलाछी टोलबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन, डाइजेपाम र फेनारगन २० हजार ३ सय एम्पुल, नाईट्राभेट १२ हजार ९ सय ५० ट्याब्लेट र  नगद ४ लाख ५ हजार रुपैयाँ सहित सोलुखुम्बु माप्यदुधकोशी गाउँपालिका-४ ठेगाना भएका ३५ वर्षीय लाक्पा शेर्पालाई माघ २४ गते लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।  निज शेर्पा २०७० असार  ७ गते हातहतियार मुद्दामा ३ वर्ष कैद भुक्तान गरी छुटेको खुल्न आएको छ ।

थप अनुसन्धानको क्रममा उक्त लागूऔषध कारोबारमा संलग्न भारत बिहार राज्य मधुवनीका ३८ वर्षीय फैज अहमदलाई काठमाडौं महानगरपालिका-२२ सुन्धाराबाट माघ २५ गते, धनुषा औरही गाउँपालिका-३ कपटोल ठेगाना भएका २९ वर्षीय रिहासद भन्ने अयान रेजा तथा औरही गाउँपालिका-३ कपटोल ठेगाना भएका ४५ वर्षीय जाकिर नदाफलाई सोही टोलबाट माघ २६ गते, काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-४ ठेगाना भएका २४ वर्षीय दिपक तामाङलाई काठमाडौं महानगरपालिका-१६ बालाजुबाट नगद ६ हजार रुपैयाँ सहित माघ २७ गते, नुवाकोट शिवपुरी गाउँपालिका-८ ठेगाना भएका २९ वर्षीय लक्ष्मण बखतीलाई काठमाडौं महानगरपालिका-२२ काठमाडौं मलबाट नगद ६ हजार रूपैयाँ सहित माघ २७ गते सोही व्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका-९ गौचरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको डिपार्चर कक्षबाट अवैध लागूऔषध चरेश २३ किलो ८ ग्राम सहित ४ जना थाइ नागरिकलाई माघ २८ गते प्रहरीले पक्राउ गरेको  । पक्राउ पर्नेहरुमा ४८ वर्षीया YAOWALUK JUABSRI, ४२ वर्षीया  PARICHART PUMPRUK, २५ वर्षीय NATTAPOL TREECHAIYA र 

१९ वर्षीया NATNAREE TREECHAIYA रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले थाई एअरलाईन एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट थाईल्याण्डको बैंकक जान लागेका उनीहरूलाई जाँच गर्ने क्रममा लगेजभित्र फल्स वटम बनाई ल्याएको उक्त चरेश सहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित एक होटलबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम र डिजिटल तराजु १ थान सहित मोरङ लेटाङ नगरपालिका-२ ठेगाना भएका ३४ वर्षीय रोशन रिसाललाई माघ २७ गते प्रहरीले पक्राउ गरेको छ । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध बिक्री गर्ने कार्यमा संलग्न मोरङ केराबारी गाउँपालिका-३ ठेगाना भएका ३५ वर्षीय अमित श्रेष्ठलाई काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित अर्को होटलबाट अवैध लागूऔषध खैरो हेरोईन ३८ ग्राम सहित लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित एक होटलवाट अवैध लागूऔषध खैरो हेरोइन १२ ग्राम, डिजिटल तराजु १ थान र नगद ६ हजार रूपैयाँ सहित भारत बिहार मधुवनी जयनगर हथलेटेवा-४ ठेगाना भएका ३२ वर्षीय श्रवण कुमार महरालाई माघ २९ गते लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।    

नवलपरासी(पूर्व), गैंडाकोट नगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय मिलिग्राम र १ लाख रुपैयाँ सहित दाङ घोराही उपमहानगरपालिका-१० बस्ने १८ वर्षीय किशोरलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गैडाकोटबाट खटिएको प्रहरीले ना.८ ख १९९८ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त पदार्थ र नगद सहित फेला पारी बसमा सवार उनलाई पक्राउ गरेको हो ।

उनीहरू उपर लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषधसहित चितवन र मोरङबाट तीन जना पक्राउ
२०८१-०२-१७

चितवन, ईच्छाकामना गाउँपालिका-६ बाट अवैध लागूऔषध गाँजा २ किलो ९ सय २६ ग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईच्छाकामना गाउँपालिका-६ पाँचकिलो बस्ने ४४ वर्षीया डल्ली गुरूङ र ५० वर्षीया रूक कुमारी क्षेत्री रहेका छन् । इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्ने क्रममा डल्लीलाई २ किलो ७ सय ग्राम र रूकलाई २ सय २६ ग्राम गाँजासहित पक्राउ गरेको हो । मोरङ, बिराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ६० मिलिग्रामसहित सुनसरी ईटहरी उपमहानगरपालिका-५ बस्ने ४९ वर्षीय अमर श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित दुई जना पक्राउ
२०८१-०२-१७

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्रामसहित सिरहा धनगढीमाई नगरपालिका-११ बस्ने २४ वर्षीय राधेश्याम यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले उदयपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २५८० नम्बरको बसलाई  जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । सिरहा, कर्जन्हा नगरपालिका-६ कमला बाँधबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्रामसहित धनुषा गणेशमान चारनाथ नगरपालिका-२ राधोपुर बस्ने २१ वर्षीय राजु राउतलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कर्जन्हाबाट खटिएको प्रहरीले कर्जन्हाबाट धनुषातर्फ जाँदै गरेको मधेश प्रदेश-०१-००४ प ७०८० नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक राउतलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८१-०२-१६

सुनसरी, धरान उपमहानगरपालिका-१७ एडिबी खानेपानी टंकीको छेउबाट नियन्त्रित लागूऔषध ESKUF ५ बोतल, ट्रामाडोल ४ हजार ट्याब्लेट, स्पास्मोप्रोक्सिभन ७ सय २० ट्याब्लेटसहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा कोशी गाउँपालिका-५ कुमयाही बस्ने २२ वर्षीय अमानुल्ला मिया र २० वर्षीय सोहेल अमत रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले प्र.१-०२-०४१ प ७८२० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । ललितपुर, महालक्ष्मी नगरपालिका-१ सम्झना टोलबाट अवैध लागूऔषध गाँजा २ किलो ८० ग्रामसहित सोही ठाउँ बस्ने काभ्रे पनौती घर भएकी ५९ वर्षीया मनुमाया तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । सल्यान, सारदा नगरपालिका-१२ चिसापानी बस्ने २७ वर्षीया पूर्ण कला भण्डारीलाई उनकै घरबाट अवैध लागूऔषध गाँजा १ किलो २ सय ६० ग्रामसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सितलपाटीबाट खटिएको प्रहरीले सारदा नगरपालिका-१ श्रीनगर डेरा गरी बस्ने बागचौर नगरपालिका-३ घर भएका १८ वर्षीय किशोर र छत्रेश्वरी गाउँपालिका-१ बस्ने १९ वर्षीय कृष्ण केसीलाई जाँच गर्दा ८ मिलिग्राम गाँजा फेला पारी थप अनुसन्धान गर्दा पूर्णकलाको घरबाट किनेर ल्याएको खुल्न आए पश्चात पूर्णकलाको घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई समेत प्रहरीले पक्राउ गरेको हो । डडेलधुरा, अजयमेरू गाउँपालिका-२ चमडा बस्ने ५५ वर्षीय डम्बर सिंह बोहरालाई उनकै घरबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब १ किलो २ सय ग्रामसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चमडाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।सुनसरी, देवानगंज गाउँपालिका-६ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १० किलोसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय राम बालक पासवान र सोही गाउँपालिका-५ साहेवगंज बस्ने ३५ वर्षीय गोपाल बहरदार रहेका छन् । अस्थायी प्रहरी चौकी राजगंज सिनुवारीबाट खटिएको प्रहरीले को.२७ प ८०४१ नम्बरको मोटरसाइकललाई जाँच गर्दा प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याएको उक्त लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो । मोरङ, बिराटनगर महानगरपालिका-१४ जतुवाबाट अवैध लागूऔषध गाँजा १ सय ८१ किलोग्रामसहित संखुवासभा चैनपुर नगरपालिका-१ बस्ने २७ वर्षीय लाक्पा दोर्जे शेर्पालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले प्रदेश नं.१-०२-००१ ख ९२७० नम्बरको खाली सिलिन्डर बोकेको मिनि ट्रकलाई जाँच गर्दा उक्त लागूऔषध फेला पारी ट्रक चालक शेर्पालाई पक्राउ गरेको हो । झापा, कन्काई नगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-१० बस्ने ३१ वर्षीय सबिन तामाङ र कन्काई नगरपालिका-४ बस्ने २८ वर्षीय शराब आलम रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । सुर्खेत, विरेन्द्रनगर नगरपालिका-४ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने २४ वर्षीय छोटे भन्ने छबिलाल गिरीलाई मंगलबार राति प्रहरीले पक्राउ पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेत र अस्थायी प्रहरी  विट सहिद पार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ
२०८१-०२-१५

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-१ सुन्दरीजलस्थित राष्ट्रिय निकुञ्जको जंगलबाट अवैध लागूऔषध गाँजा करिब १३ किलोग्रामसहित सोही ठाउँ बस्ने ३५ वर्षीय अर्जुन लामालाई सोमबार राति प्रहरी प्रभाग सुन्दरीजलबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । सिरहा, सिरहा नगरपालिका-१२ सारस्वरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ८० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कल्याणपुर नगरपालिका-२ चतरी बस्ने २४ वर्षीय शेख जाहिद र ३५ वर्षीय मोहम्द समसुदिन रहेका छन् । प्रहरी चौकी बेल्हाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज.१२ प ५२४३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट अवैध लागूऔषध गाँजा २ किलोग्रामसहित धादिङ निलकण्ठ नगरपालिका-४ बस्ने १७ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग.१ ख २९८५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ
२०८१-०२-१४

तनहुँ, आबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ७ सय ३० ट्याब्लेटसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा गोरखा पालुङटार नगरपालिका-७ च्याङ्ली बस्ने ४२ वर्षीय सन्जिव थापा र तनहुँ बन्दिपुर गाउँपालिका-१ गुरूङटार बस्ने ३६ वर्षीय सुवास सुनार रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले मुग्लिङबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग.२१ प ९८१९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।