प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित १५ जना पक्राउ

२०७९-११-०५

  • A
  • A-
  • A+
Share

धनुषा, जनकपुर उपमहानगरपालिका-२३ बेलापुलबाट नियन्त्रित लागूऔषध कोरेक्स एकसय एमएलको ९९ पिस र नाईट्राभेट ६ सय ट्याब्लेटसहित भारतीय नागरिक २० वर्षीय निजान नदाफ समेत दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी जिरोमाईलबाट  खटिएको प्रहरीले बीआर ३२ एच १४६५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

कञ्चनपुर, भिमदत्त नगरपालिका-३ भाँसीबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ३ ग्राम ५६ मिलिग्राम र  खैरो हेरोईन जस्तो देखिने पदार्थ १४ मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने १९ वर्षीय बिवेक बोहरा समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

झापा, बुद्धशान्ति गाउँपालिका-४ जुनेली बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय १० मिलिग्राम र स्पास्पेन ट्याब्लेट ५५ पत्ता,  ट्रामाडोल हाइड्रोक्लोराइड ५५ पत्ता सहित सोही ठाउँ बस्ने २० वर्षीय सुरज मगर जर्गा समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी झापा, मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुल अगाडि सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ ग्राम सहित अर्जुनधारा नगरपालिका-३ बस्ने २४ वर्षीय ऐतराज इवा समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रित ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका-१६ शंकाराचार्य गेटबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ८८ एम्पुल, बुप्रोनोर्फिन ७० एम्पुल, प्रोमिथाजाइन १ सय ७० एम्पुल र लेबल नभएको ईन्जेक्शन १ सय १५ थान सहित सोही महानगरपालिका-१६ बस्ने २६ वर्षीय रिहाजुल साफी समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो र प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ बसपार्क भानुचोकबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम २ सय ८० ट्याब्लेट, डाईजेपाम १५ एम्पुल, फेनारगन १५ एम्पुल र नोर्फिन १५ एम्पुल सहित चितवन भरतपुर महानगरपालिका-१० बस्ने २० वर्षीय सुजन ठकुरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कस्थित होटलबाट नियन्त्रित लागूऔषध कोडिविल एकसय एमएलको ५० बोतल सहित बारा निजगढ नगरपालिका-७ बस्ने २८ वर्षीया सुस्मा तिमल्सिना समेत २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा लागूऔषध बिक्री बितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले तलासी गर्दा उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको ना.३७ प ६७०३ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

उदयपुर, कटारी नगरपालिका-४ कटारीबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २ सय ६५ ट्याब्लेट, लुपिजेसिक ४० एम्पुल, डाईजेपाम ४२ एम्पुल र एल्जिक ७ एम्पुल सहित सोही ठाउँ बस्ने ३७ वर्षीय हरिकृष्ण सुनुवार समेत २ जनालाई  बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी उदयपुर, उदयपुरगढी गाउँपालिका-७ दमाईकोटेबाट अवैध लागूऔषध गाँजा करिब २० केजी बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको गस्ती टोलीलाई देख्नसाथ नेपालटारतर्फ आउँदै गरेको स.१० प ७१५३ र स.७ प १५२३ नम्बरका मोटरसाइकल छोडी मोटरसाइकलमा सवार व्यक्तिहरू फरार भएपश्चात मोटरसाइकल जाँच गर्दा उक्त लागूऔषध फेला पारी बरामद गरेको हो । फरार व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८१-०२-३०

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया गुलरिया नगरपालिका-९ बस्ने २४ वर्षीय युवराज थापा र २६ वर्षीय प्रकाश थापा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको संयुक्त टोलीले बर्दियाबाट काठमाडौंतर्फ आउँदै गरेको भे.१ ख ३६७५ नम्बरको बसमा सवार उनीहरूलाई पक्राउ गरेको हो । मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३८ ग्राम ८० मिलिग्रामसहित सोही महानगरपालिका-३ बस्ने ३० वर्षीय सुनिल गडेरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई पक्राउ गरेको हो । सुनसरी, कोशी गाउँपालिका-१ लौकही बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४५ ग्राम २ मिलिग्रामसहित भारत बिहार घर भएका ४२ वर्षीय सन्तोष यादव समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकाही र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको संयुक्त टोलीले को.३९ प ७२६७ नम्बरको मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो । कञ्चनपुर, भिमदत्त नगरपालिका-१८ सालघारीबाट अवैध लागूऔषध चेरश जस्तो देखिने पदार्थ ११ ग्राम ८७ मिलिग्राम र डिजिटल तराजु १ थानसहित सोही ठाउँ बस्ने ४१ वर्षीय गणेश पाण्डेलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले पाण्डेले संचालन गरेको पाण्डे किराना तथा नास्ता पसलमा जाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८१-०२-२९

कञ्चनपुर, भिमदत्त नगरपालिका-१८ जानकी टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने १८ वर्षीय २ जना किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।  मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ३१ मिलिग्रामसहित लेटाङ नगरपालिका-९ बस्ने २२ वर्षीय प्रबिन बिष्टलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  सुर्खेत, विरेन्द्रनगर नगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २० मिलिग्रामसहित कालिकोट तिलागुफा नगरपालिका-३ बस्ने २७ वर्षीय बिरेन्द्र शाहीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट बसपार्क र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।  झापा, मेचिनगर नगरपालिका-६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८५ मिलिग्रामसहित बिर्तामोड नगरपालिका-५ बस्ने ३८ वर्षीय सुमन भन्ने सूर्यबंशी रायलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।  यसैगरी झापा, अर्जुनधारा नगरपालिका-३ मदनपुर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने ३७ वर्षीय दिलबहादुर विकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित चार जना पक्राउ
२०८१-०२-२८

कास्की, पोखरा महानगरपालिका-१३ कसेरीबाट अवैध लागूऔषध गाँजा ३ सय ७५ ग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महागनगरपालिका-१३ संगम टोल बस्ने ३० वर्षीय सागर परियार र सोही महानगरपालिका-१३ चापापानी बस्ने १९ वर्षीय विशाल नेपाली रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । कञ्चनपुर, बेलौरी नगरपालिका-८ पचुई खप्टिनालाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ९ मिलिग्रामसहित भारत उत्तर प्रदेश पिलभित टिल्ला नम्बर ४ बस्ने २४ वर्षीय सोनु सिंहलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।  सुदूरपश्‍चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली समेतबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १२ किलोग्रामसहित मनहरी गाउँपालिका-२ बस्ने ३० वर्षीय दिनेश गोङबालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.३२ प २५९८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।