अवैध लागूऔषधसहित पक्राउ
२०७९-११-०८
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार ५ सय ट्याब्लेट र नगद २५ हजार ५ सय रुपैयाँसहित झापा अर्जुनधारा नगरपालिका-२ बस्ने २८ वर्षीय अभिषेक शिवाकोटीलगायत ३ जनालाई सोमबार विहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले सप्तरी राजबिराजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.८ ख ६४९६ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी बसमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७२ मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-५ बस्ने २९ वर्षीय उज्वल हल्वाईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०४-००१ प ८६५१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।