नवनिर्मित प्रहरी चौकी कोषाहाट ओखलढुंगाको नवनिर्मित भवन उद्घाटन
२०७८-०७-१५
- A
- A-
- A+
ओखलढुंगा, १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले प्रहरी चौकी कोषाहाट ओखलढुंगाको नवनिर्मित कार्यालय भवनको सोमबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । साथै उहाँले उक्त भवन निर्माण कार्यमा उल्लेखनीय भूमिका निर्वाह गर्ने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र समेत प्रदान गर्नुभयो ।
उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक बिसीले गाँस बासको उचित ब्यबस्था भएसँगै प्रहरी कर्मचारीलाई काम गर्न थप हौसला मिल्ने बताउनुभयो । जनमैत्री प्रहरी सेवा र कानूनको परिधिमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई उहाँले निर्देशन समेत दिनुभयो ।
१ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट विनियोजित १ करोड ८६ लाख १४ हजार ५ सय ४५ रुपैयाँको लागतमा उक्त चौकीको कार्यालय भवन, आवास, भान्साघर तथा शौचालयको निर्माण सम्पन्न भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।