अवैध लागूऔषध गाँजासहित पक्राउ
२०७९-१२-२९
- A
- A-
- A+
उदयपुर, कटारी नगरपालिका-१० तिल्केचौरबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्रामसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ताप्ली गाउँपालिका-४ बस्ने २८ वर्षीय काशिराज राई र सोही ठाउँ बस्ने २९ वर्षीय तेज बहादुर राई रहेका छन् । प्रहरी चौकी सोलुङ्गा सोरुङछबिसेबाट खटिएको प्रहरीले बा.६७ प ३११४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।