अवैध लागूऔषधसहित पक्राउ
२०८०-०१-२२
- A
- A-
- A+
ईलाम, माई नगरपालिका-१ घुम्ती बस्ने ३४ वर्षीय तिर्थ गिरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २२ मिलिग्रामसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महमाईबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
सिरहा, गोलबजार नगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्रामसहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय वीरेन्द्र चौधरी, सोही नगरपालिका-६ ग्रामिन बस्ने ३० वर्षीय राकेश नायक र सोही नगरपालिका-१० बस्ने १९ वर्षीय बालकृष्ण साह रहेका छन् । ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, लम्कीचुहा नगरपालिका-३ बेवस्थितनगरबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ४० मिलिग्रामसहित जोशीपुर गाउँपालिका-७ बस्ने २३ वर्षीय अमृत चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-१० पिपरौवाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १ ग्रामसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय सुवाश चौधरी र ३४ वर्षीय प्रकाश बडायक रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७६ ग्राम ३ सय ४० मिलिग्रामसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१ घर भई झापा मेचीनगर नगरपालिका बस्ने २१ वर्षीया सोनी श्रेष्ठ राजवंशी र उनकै दिदी २३ वर्षीया संध्या श्रेष्ठ रहेका छन् । बुद्ध एयरको विमानद्वारा काठमाडौं जान लागेका उनीहरूलाई बिमानस्थल सुरक्षा गार्ड चन्द्रगढीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
धनुषा, मिथिला नगरपालिका-१० लालगढबाट अवैध लागूऔषध गाँजा १० केजी ५ सय ग्रामसहित सर्लाही हरिवन नगरपालिका-३ बस्ने ३१ वर्षीय फेकन साहसमेत ४ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय ढल्केबर र लागूऔषध नियन्त्रण ब्यूरो जनकपुरबाट खटिएको संयुक्त टोलीले प्र.२-०३-००७ प ८५४१ नम्बर र ज.४ प ७७३३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी साहसमेत दुवै मोटरसाइकलमा सवार ४ जनालाई पक्राउ गरेको हो ।
महोत्तरी, बर्दिबास नगरपालिका-४ छिन्नमस्ताबाट करिब २ सय ७ केजी अवैध लागूऔषध गाँजा बिहीबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ प्र.२-०२-००१ च ०४५७ नम्बरको स्कारपियो गाडीका चालकले गाडी छोडी फरार भएपश्चात प्रहरीले गाडी तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
पर्सा, ठोरी गाउँपालिका-३ नयाँ बस्तीबाट अवैध लागूऔषध गाँजा करिब १५ केजी ३ सय ग्राम बिहीबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय ओडारबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ बिआर २२ बिबि ०५१६ नम्बरको मोटरसाइकलमा सवार २ जना व्यक्तिहरू मोटरसाइकल र साथमा रहेको बोरा छोडी फरार भएपश्चात प्रहरीले बोरा तलासी गर्दा उक्त गाँजा फेला पारेको हो । हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।