प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भारतको आसाम पुर्‍याई नाबालिका बेचबिखन गर्ने अभियुक्त पक्राउ

२०८०-०२-०१

  • A
  • A-
  • A+
Share

काठमाडौं,  भारतको आसाम पुर्‍याई नाबालिका बेचबिखन गरेको अभियोगमा म्याग्दी रघुगंगा गाउँपालिका-३ बस्ने ३० वर्षीया अप्सरा भन्ने एलिना खत्रीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौंमा बस्ने आफ्न्तकोमा जान्छु भनि नुवाकोटबाट बसमा जाने क्रममा ती नाबालिकालाई बसमा सँगै रहेका पुरूषले खानेकुरा तथा पानीमा बेहोश हुने औषधि मिसावट गरी खुवाई बेहोश बनाई भारत आसामको कछर सिल्चर भन्ने स्थानको रेड लाइट एरियाको कोठीमा पुर्‍याई बेचबिखन गरी जबरजस्ती वेश्यावृत्तिमा लगाई राखेको अवस्थामा नेपाल प्रहरी, भारतीय प्रहरी र माईती नेपालको सहयोगमा ती नाबालिकाको उद्दार गरिएको थियो । 

थप अनुसन्धानको क्रममा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा उक्त कार्यमा संलग्न एलिना खत्रीलाई झापाबाट पक्राउ गरेको हो । 

उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ भने कसूरमा संलग्न अन्य फरार प्रतिवादीहरूको समेत खोजी भइरहेको छ । 


सम्बन्धित समाचार
ओमन पुर्‍याइ मानवबेचबिखन गरेको अभियोगमा पक्राउ
२०८०-०१-०७

काठमाडौं, वैदेशिक रोजगारका लागि ओमन पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा ईलाम फाकफोकथुम गाउँपालिका-६ घर भई काठमाडौं गौरीघाट बस्ने ४० वर्षीय शुकराज लिम्बु र सिन्धुपाल्चोक बलेफी गाउँपालिका-६ घर भई ललितपुर महानगरपालिका भैसेपाटी बस्ने ४५ वर्षीय विष्णु तामाङ रहेका छन् ।  उनीहरुले पीडित व्यक्तिलाई वैदेशिक रोजगारको लागि ओमनमा फ्रि भिषा फ्रि टिकटमा पठाइदिन्छु भन्दै विभिन्न प्रलोभनमा पारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओमन पुर्‍याई ३५०० ओमनी रियलमा ओमनी घर मालिकलाई बिक्री गरेको र मालिकले शारिरीक तथा मानसिक यातना दिई आफ्नो घर तथा अफिसको काममा लगाई राखेको अवस्थामा अचानक बेहोश भई पुन: कम्पनीमा फिर्ता गरेकोमा कम्पनीको मालिकले आफ्नो घर तथा अफिसको काममा लगाई राखेको अनुसन्धानबाट खुल्न आएको छ । पीडित नेपाली राजदुतावासको सहयोगमा नेपाल फर्किएका छन् । उनीहरू उपर मानवबेचबिखन तथा ओसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

मानव बेचबिखन कसूरमा संलग्न एक जना पक्राउ
२०७९-११-०३

काठमाडौं, मानव बेचबिखन कसुरमा संलग्न रहेको अभियोगमा काठमाडौं सिनामंगलस्थित डिएचएन शुभयात्रा ट्राभल्स एण्ड टुरका सञ्चालक सिन्धुपाल्चोक पाचँपोखरी थङपाल गाउँपालिका-५ घर भएका चिरन्जी गिरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  कुवेतको रोयल रेष्टुरेन्टमा काममा लगाइ दिने र त्यहाँ राम्रो काम गरे युरोप तथा अमेरिका समेतका देशहरीमा पठाइ दिने प्रलोभन देखाई प्रतिवादी डिम्बर मगर भन्ने डम्बर बहादुर दर्लामी समतले पीडितलाई कुवेत पठाई कुवेतमा १ हजार ३ सय केडीमा बिक्री गरेको अवस्थामा मानवबेचबिखन व्यूरो अनुसन्धान व्यूरोको पहलमा कुवेतस्थित नेपाली राजदुतावास समेतको सहयोगमा पुस ४ गते पीडितको उद्दार गरिएको थियो ।  सोही घटनाको थप अनुसन्धानको क्रममा चिरन्जीले प्रतिवादीहरूसँग रकम लिई पीडितको भिषा, टिकट लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको बन्दोबस्त गरेको खुल्न आएपछि उक्त व्यूरोबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२६ पानीपोखरीबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मानव बेचबिखनमा संलग्न फरार प्रतिवादी पक्राउ
२०७९-१०-२४

काठमाडौं, मानव बेचबिखनमा संलग्न फरार प्रतिवादी सिन्धुपाल्चोक गाउँपालिका-५ बस्ने कविता घिमिरेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत सिन्धुपाल्चोकको २०६९ मंसिर ११ गतेको फैसलाले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा समेत गरी १३ वर्ष ७ महिना २० दिन कैद र ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार भएकी उनलाई नेपाल प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३२ जडिबुट्टीबाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत सिन्धुपाल्चोक बुझउनका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाइएको उक्त व्यूरोले जनाएको छ ।

मानव बेचबिखन ओसार पसारमा परेका १२ जना महिलाहरू तथा १ जना बालिकाको भारतबाट उद्दार
२०७९-१०-२०

काठमाडौं,  मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलको पहलमा भारतको राजस्थान,जयपुर अन्तराष्ट्रिय विमानस्थलबाट ईथोपिया लैजानका लागी उक्त एयरपोर्टको अध्यागमन कार्यालयमा पुर्‍याइएको अवस्थामा मानव बेचबिखन ओसारपसारमा परेका १२ जना महिलाहरूको भारतबाट उद्दार गरिएको छ । नेपालका विभिन्न नाकाहरुबाट २०७९ सालको मंसिर र पुष महिनामा भारत पुर्‍याई दुवई हुदै भिजीट भिसामा ईथोपिया मा बैदेशिक रोजगारीको लागी लैजाने प्रलोभन देखाई नेपाली महिलाहरुलाई भारतको जयपुरमा लगी राखिएको र ती महिलाहरु मानव बेचबिखन ओसारपसार अपराधको उच्च जोखिममा रहेको भन्ने सूचनाको आधारमा उक्त व्यूरोबाट खटिएको प्रहरीले भारतको नयाँदिल्लीमा रहेको नेपाली राजदूतावास, भारतीय प्रहरी, भारतिय संस्था HELP TRUST CROSS INDIA  र नेपालस्थित शान्ति पुनस्थार्पना गृहको सहकार्यमा उनीहरूको उद्दार गरिएको हो ।उनीहरुलाई नेपालबाट भारत पुर्‍याई भिजीट भिसामा दुवई हुदै ईथोपिया लैजाने कार्यमा नेपाली तथा भारतीय नागरिकहरुको संलग्नता रहेको पाइएकोमा नेपालबाट भारत लैजाने क्रममा जोगमनी, काँकडभिट्टा, जमुनाहा, सुनौली लगाएतका नाकाहरु प्रयोग हुने गरेको र मानव बेचबिखन ओसारपसार अपराधको जोखिममा रहेका पीडितबाट रकम नलिई पीडकलेनै खर्च गर्ने गरेको पाइएको छ । यसै गरी ईथोपिया लैजाने भनि भिजिट भिसामा दुबई लगी त्याँबाट घरायसी कामदारको रुपमा कार्य गर्ने गरी ओमान र कुवेतमा तस्करी गर्ने गरेको र विदेश जानको लागी राहदानी समेत पीडितहरुलेनै बनाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ । यसैगरी मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलको पहलमा मानवबेचबिखनमा परेकी १ जना बालिकाको भारतको रनहोला थानाको वडा एरिया अन्तरगतको मंगलबजार गल्ली नम्बर २ बापरुल्ला बिहार दिल्लीमा रहेको एक घरबाट  मंगलबार उद्दार गरिएको छ । आफ्नो मामाघरबाट ती बालिका गत पुस १८ गते सम्पर्क विहीन भएको घटनाको थप अनुसन्धान गर्ने मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले ती बालिकलाई  भारतको नयाँदिल्लीमा लगिएको खुल्न आएपछि उक्त व्यूरोको पहलमा नेपाली राजदूतावास, भारतिय प्रहरी, भारतिय संस्था KIN INDIA को समन्वय तथा सहकार्यमा खोजी गरी ती बालिकाको उद्दार गरिएको हो । पीडकले ती बालिकालाई मामाघरबाट ल्याई काठमाडौंमा बन्धक बनाई राखेपश्चात नेपाल भारत सिमा सुनौलि हुँदै भारतमा पुर्‍याएपछि भारतको विभिन्न स्थानमा रहेका ३ जना फरक तान्त्रिक बाबा समक्ष लगिएपछि बालिकालाई उक्त स्थानमा राखिएको अवस्थामा फेला पारी उद्दार गरिएको हो । साथै उक्त घटनामा संलग्न ६ जना प्रतिवादीहरूलाई पक्राउ गरी घटनाको थप अनुसन्धान कार्य भइरहेको छ ।   

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई जना चिनियाँ नागरिक पक्राउ
२०७९-०९-०८

काठमाडौं, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौं ठमेल बस्ने चिनियाँ नागरिकद्वय ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङलाई प्रहरीले पक्राउ गरेको छ ।    उनीहरूले ३ जना नेपाली नागरिकलाई फ्रि भिसा र फ्रि टिकटमा लाओसमा अनलाइन सेल्स मार्केटिङको काममा लगाइदिने र महिनामा १ हजारदेखि १५ सय डलरसम्मको कमाइ हुन्छ भन्दै प्रलोभनमा पारी गत भदौ १७ गते काठमाडौंबाट भारत, थाइल्याण्ड हुँदै लाओस पुर्‍याएका थिए । त्यहाँ पुर्‍याएपछि बिट क्वाईनमा ईन्भेष्ट गराउने लगायतका गैरकानुनी काम लगाउनुको साथै २ महिना काम लगाई पीडितहरूबाट उल्टै ३ लाख ९० हजार रकम समेत लिई लाओसमा मानसिक यातना दिएको अवस्थामा आफन्तको सहयोगमा गत कात्तिक २५ गते उनीहरू नेपाल फर्किएका थिए । उक्त कार्यमा संलग्न मध्ये एक जनालाई काठमाडौं ठमेल र एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव बेचबिखन अनुसन्धान व्यूरोको प्रहरीले पक्राउ गरेको हो ।  उनीहरूलाई काठमाडौं जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा राख्न कारगार कार्यालय जगन्नाथदेवल सुनधारामा  चलान गरिएको छ ।

मृगौला बेचबिखन गर्ने कार्यमा संलग्न पाँच जना पक्राउ
२०७९-०४-०१

काठमाडौं, काठमाडौंका सडक पेटीमा आश्रित व्यक्तिहरुलाई विभिन्न प्रलोभनमा पारी मृगौला बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा भक्तपुर ठिमी बस्ने रामेछाप मन्थली नगरपालिका-५ घर भएका बिधान, हिमाल श्रेष्ठ भन्ने २८ वर्षीय धन बहादुर रोका, काठमाडौं गौशाला बस्ने गुल्मी तम्घास नगरपालिका-२ घर भएका ३१ वर्षीय बिजय कुवँर, काठमाडौं कालोपुल बस्ने दैलेख चामुण्डा बिन्द्रासयनी नगरपालिका-६ घर भएका २८ वर्षीय धुपेन्द्र शाही, काठमाडौं चावहिल बस्ने दैलेख चामुण्डा बिन्द्रासयनी नगरपालिका-६ घर भएका ३२ वर्षीय बिमल बहादुर शाही र भक्तपुर ठिमी बस्ने झापा पृथ्वीनगर नगरपालिका-१ घर भएका छोटे भन्ने २१ वर्षीय आशिष तामाङ रहेका छन् ।  उनीहरूले सडक पेटीमा आश्रित व्यक्तिहरूसँग चिनजान गरी भारतको कलकत्ता गइ मृगौला बिक्री गर्दा ५ लाख रुपैयाँ कमाई हुने र नेपाल आउँदा ५० हजार पर्ने मोबाइल समेत पाइन्छ भन्दै २ जनालाई विश्वासमा पारी मृगौला दाताले गर्नुपर्ने शारीरिक जाँच गरी असार १५ गते भारतको कोलकत्ता लैजानका लागि तयारी अवस्थामा राखेको सूचाना प्राप्त हुनासाथ खटिएको प्रहरीले घटनामा संलग्न धुपेन्द्र, बिजय र बिमललाई पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा सोही घटनामा संलग्न रही फरार रहेका धन बहादुर र आशिषलाई असार २८ गते प्रहरीले पक्राउ गरेको हो । उनी उपर मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कारवाही हुने मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलले जनाएको छ ।