प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पेस्तोल र गोलीसहित एक जना पक्राउ

२०८०-०२-२२

  • A
  • A-
  • A+
Share

सिरहा, औरही गाउँपालिका-१ गंगान पुलबाट पेस्तोल १ थान, सोको म्यागजिन १ थान र पेस्तोलको गोली ६ राउण्डसहित सुखिपुर नगरपालिका-६ रंगीपुर बस्ने १८ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी हर्कट्टी सिरहाबाट खटिएको प्रहरीले बीआर ३२ एसी १४०४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई उक्त हातहतियारसहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
विभिन्न हातहतियारसहित पाँच जना पक्राउ
२०८०-०५-१४

भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट कटुवा पेस्तोल २ थान र सोही पेस्तोलको गोली १ राउण्डसहित उदयपुर बलैया नगरपालिका-५ घर भई हाल भक्तपुर लोकन्थली बस्ने ४० वर्षीय जंगे माझीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल र गोलीसहित फेला पारी पक्राउ गरेको हो । उनले प्रयोग गरेको बा. ४३ प ९००० नम्बरको स्कुटर प्रहरीले बरामद गरेको छ । साथै प्रहरीले जाँच गर्ने क्रममा हाल फरार भएका माझीसँगै रहेका हाल वतन नखुलेका ३० वर्षीय अश्विन दाहालको खोजी गरिरहेको छ । कैलाली, लम्कीचुहा नगरपालिका-१ भुरूवाबाट  हर्नेट १ थान, म्यागजिन १ थान, गोली १५ राउण्ड र बारूद ५ ग्रामसहित घोडाघोडी नगरपालिका-७ बस्ने ३२ वर्षीय अर्जुन बिक समेत ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियारसहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।