प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित पाँच जना पक्राउ

२०८०-०५-२७

  • A
  • A-
  • A+
Share

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-६ जोरपाटी चामुण्डा मन्दिर नजिक गल्लीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ७५ एम्पुल, नोर्फिन ७५ एम्पुल, फेनारगन ७५ एम्पुल र नगद ५५ हजार रूपैयाँसहित सोही नगरपालिका-६ जोरपाटी बस्ने सर्लाही हरिवन नगरपालिका-५ घर भएका ३९ वर्षीय गुलाम मन्सुलीसमेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

झापा, बाह्रदशी गाउँपालिका-४ बस्ने २६ वर्षीय सल्मान आलमलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्रामसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी फुलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ३० केजीसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-२४ बस्ने ३३ वर्षीय संगम गुरूङ र बारा सुवर्ण गाउँपालिका-२ कबहिगोठ बस्ने १५ वर्षीय किशोर रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी रातोमाटे र सशस्त्र प्रहरी बलबाट खटिएको टोलीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको ना.१ ज ३६७७  नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सिटमुनी ४ वटा पोकामा लुकाई राखेको उक्त गाँजा फेला पारी चालक संगम र सुमोमा सवार किशोरलाई पक्राउ गरेको हो । 

मोरङ, बिराटनगर महानगरपालिका-१४ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ४० केजी मंगलबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीलाई देख्नासाथ को.१७ प ८६३ नम्बरको मोटरसाइकल छोडी चालक फरार भएपश्चात मोटरसाइकलमा रहेको झोला जाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । 

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८१-०७-२३

मोरङ, सुन्दरहरैचा नगरपालिका-४ खाप बस्ने ४२ वर्षीय राजु राईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४२ मिलिग्राम सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । राईको घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बलियाबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।  कैलाली, लम्कीचुहा नगरपालिका-१ तिल्केनी बस्ने २१ वर्षीय टंक बोहरा र २२ वर्षीय पदम न्यौपानेलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ७० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले पदमको घरमा लुकाई छिपाई राखेको उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । दार्चुला, शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वर बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय  मिलिग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नौगाड गाउँपालिका-५ बस्ने १९ वर्षीय विरेन्द्र सिंह धामी र सोही गाउँपालिका-४ बस्ने २२ वर्षीय लोकेन्द्र सिंह ठगुन्ना रहेका छन् । अस्थायी प्रहरी पोष्ट गोकुलेश्वरबाट खटिएको प्रहरीले बैतडीबाट गोकुलेश्वर दार्चुलातर्फ आउँदै गरेको ग.३ च ३३५१ नम्बरको बोलेरो जिपलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी जिपमा सवार विरेन्द्र र जिपका चालक लोकेन्द्रलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट चार जना पक्राउ
२०८१-०७-२३

कैलाली, धनगढी उपमहानगरपालिका-१५ बेली बस्ने ७६ वर्षीय राईभान खडायतलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ सय ४४ ग्राम ७ सय ८० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उपमहानगरपालिका-४ नारायण गोपाल टोल बस्ने ४७ वर्षीय सुरेन्द्र अधिकारीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ६० मिलिग्राम र १ थान मोबाइल सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, विर्तामोड नगरपालिका-६ किराँत टोलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम, नगद ३ हजार २ सय ५० रूपैयाँ र २ थान मोबाइल सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय सुनिल राई र ३० वर्षीय सोम बहादुर राई रहेका छन् । अस्थायी प्रहरी चौकी बुट्टाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ
२०८१-०७-२२

रूपन्देही, देवदह नगरपालिका-९ घोडाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम र नगद २६ हजार १ सय रूपैयाँ सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय लाल बहादुर पुन, २७ वर्षीय आशिष परियार र तिलोत्तमा नगरपालिका-२ बस्ने २८ वर्षीय आदित्य शाह रहेका छन् । पुनको घरमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त पदार्थ र नगद फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उपमहानगरपालिका-२ हवाई चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम र गाँजा ५ ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-५ बस्ने २६ वर्षीय आशिष नेपाल र २५ वर्षीय लाल बहादुर राई रहेका छन् । सामुदायिक प्रहरी बिट हवाईचौकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-८ जुम्लिटोल बस्ने २९ वर्षीय किशोर कुमार विकलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्राम सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी शितलाबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-७ जोकरताल बस्ने २५ वर्षीय शिव नारायण रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ११ मिलिग्राम सहित भद्रपुर नगरपालिका-९ बस्ने २८ वर्षीय एसिया लिम्बुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मेची प्रहरी बिटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०१-०१४ प ९२६६ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा  चालक लिम्बुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट चार जना पक्राउ
२०८१-०७-२१

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाह चेकपोष्टस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्राम सहित खजुरा गाउँपालिका-५ रजनवा बस्ने २७ वर्षीय ननकउ कन्दुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनी र बिओपि फुटाहबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय २० मिलिग्राम सहित कानेपोखरी गाउँपालिका-५ बस्ने २२ वर्षीय युसन बिकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, मेचिनगर नगरपालिका-६ काँकरभिट्टास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम सहित शिवसताक्षी नगरपालिका-१ बस्ने २७ वर्षीय पुकार तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दार्चुला, मार्मा गाउँपालिका-३ बिटुले बस्ने ३० वर्षीय लोकेन्द्र महरलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ किलो २ सय ग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले उनको घर र पसलमा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८१-०७-२०

झापा, दमक नगरपालिका-६ पूर्व बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम सहित इलाम चुलाचुली गाउँपालिका-५ बस्ने ४२ वर्षीय राजेन्द्र राईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।पाँचथर, फिदिम नगरपालिका-४ गढीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २० मिलिग्राम सहित फालेलुङ गाउँपालिका-८ बस्ने २० वर्षीय वारुहाङ केरूङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध गाँजा सहित दुई जना पक्राउ
२०८१-०७-२०

सर्लाही, इश्वरपुर नगरपालिका-१२ स्थित बगुवा खोलाबाट अवैध लागूऔषध गाँजा करिब १२ किलोग्राम सहित   हरिवन नगरपालिका-१ बस्ने २० वर्षीय पालदेन योन्जनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय केशरगंज र अस्थायी प्रहरी ‍पोष्ट कालिन्जोर घारिबथानबाट खटिएको प्रहरीले बा.प्र.०२-०२४ प २७६७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । उदयपुर, बेलका नगरपालिका-१ आम्बासास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ८ किलोग्राम सहित सोही नगरपालिका-६ बस्ने ३८ वर्षीय लोकेन्द्र राईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट आम्बासीबाट खटिएको प्रहरीले को.३८ प १८५ नम्बरको मोटरसाइकलका चालक राईलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार मोटरसाइकलमा सवार १ जनाको खोजी गरिरहेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।