अवैध लागूऔषधसहित पक्राउ
२०८०-०६-०२
- A
- A-
- A+
कञ्चनपुर, कृष्णपुर नगरपालिका-५ गुलरीयाबाट अवैध लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ १ ग्राम ९३ मिलि ग्राम र प्रिकोनो लेखिएको ट्याब्लेट १० थानसहित सोही नगरपालिका-५ पबित्रा बस्ती बस्ने २३ वर्षीय प्रकाश सुनारलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको प्रहरीले पैदलयात्री सुनारलाई जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ र ट्याब्लेटसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।