प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पेस्तोल र गोलीसहित दुई जना पक्राउ

२०८०-१२-०६

  • A
  • A-
  • A+
Share

सर्लाही, बरहथवा नगरपालिका-६ मगर टोलबाट पेस्तोल १ थान, गोली ६ राउण्ड र म्याग्जिन १ थानसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा भारत बिहार सितामढी थाना सैयाराग्राम सैयारा बस्ने २८ वर्षीय सन्नी कुमार सिंह र मोतिहारी गंगापिपरा बस्ने २४ वर्षीय जितेन्द्र कुमार राउत रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको संयुक्त टोलीले सोही ठाउँ डेरा गरी बस्ने जितेन्द्रको कोठाबाट उक्त हातहतियारसहित पक्राउ गरेको हो । साथै उनीहरूलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीतर्फ लैजाने क्रममा बसबरिया गाउँपालिका-६ पोखरीयास्थित बाटोमा जितेन्द्र गाडीबाट भाग्न खोजे पश्चात प्रहरीले गोली फायर गरी नियन्त्रणमा लिएको हो । साथै गोली लागेर घाइते भएका जितेन्द्रको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
भरूवा बन्दुक सहित दुई जना पक्राउ
२०८१-०५-२२

अछाम, पञ्चदेवल बिनायक नगरपालिका-९ ओखरगैरा बस्ने ६८ वर्षीय नन्दराम साउँद र ६७ वर्षीय चिन कार्कीलाई भरूवा बन्दुक सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरूको घरमा बन्दुक लुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कालेकाँडाबाट खटिएको प्रहरीले नन्दराम साउँदको घर नजिक बारीमा लुकाई छिपाई राखेको एकनाले भरूवा बन्दुक १ थान, सिसाको छर्रा १३ वटा र बारूद तथा चिन कार्कीको घरबाट एकनाले भरूवा बन्दुक १ थान, सिसाको छर्रा ९ वटा र बारूद फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भरूवा बन्दुक बनाउने विभिन्न सामान सहित एक जना पक्राउ
२०८१-०५-१९

बाँके, डुडुवा गाउँपालिका-६ शिख्नपुरूवा बस्ने २४ वर्षीय लक्ष्मण सिंह शिखलाई भरूवा बन्दुक बनाउने विभिन्न सामान सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।उनको घरमा भरूवा बन्दुक बनाउन प्रयोग हुने सामानहरू रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले घर तलासी गर्दा भरूवा बन्दुकको नाल १ थान, बनाउँदै गरेको भरूवा बन्दुकको चित्र भएको काठ २ थान, भरूवा बन्दुक बनाउन प्रयोग हुने नाल ४ थान, फलामको गज १ थान, छर्रा, बारूद र जंगली जनावरको खोपडी सहितको सिङ १ थान फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।