प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कटुवा पेस्तोलसहित एक जना पक्राउ

२०८०-१२-१६

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-६ सरस्वतीनगर बस्ने ताप्लेजुङ फुङलिङ नगरपालिका-९ घर भएका २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बुलाई कटुवा पेस्तोल १ थान, धारिलो चक्कु २ थान, फलामको हम्बर १ थान र मोबाइल २ थानसहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं कपनमा गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गर्ने व्यक्तिहरुको खोजतलस गर्ने क्रममा शंकास्पद गतिविधिहरू गरेको सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले लिम्बुलाई नियन्त्रणमा लिई उनको घर तलासी गर्दा उक्त हतियार फेला परेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
कटुवा पेस्तोलसहित तीन जना पक्राउ
२०८१-०१-११

बाँके, नेपालगंज उपमहानगरपालिका-१३ लोनियनपुरूवाबाट कटुवा पेस्तोल १ थान, उक्त पेस्तोलको गोली १ थान र मोबाइल ३ थानसहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-२३ बस्ने सदराम बागवान, साकिर अली बागवान र सोही उपमहानगरपालिका-१४ बस्ने हुसेन बागवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भे.६ प ४९०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पेस्तोलसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।