अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ
२०८१-०१-०५
- A
- A-
- A+
धनुषा, जनकपुर उपमहानगरपालिका-१४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४८ ग्राम ४६ मिलिग्रामसहित महोत्तरी लोहारपट्टी नगरपालिका-५ डढोरा टोल बस्ने २५ वर्षीय दिलिप कुमार दासलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो जनकपुर र वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । उनले प्रयोग गरेको म.प्र.०३-००५ प ९८९५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
झापा, मेचिनगर नगरपालिका-६ स्थित पुरानो मेचिपुल अगाडिबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्रामसहित ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका-५ तापेथोक बस्ने २५ वर्षीय बिशाल लिम्बुलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सुनसरी, कोशी गाउँपालिका-१ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २० मिमिग्रामसहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामधुनि नगरपालिका-३ बस्ने ३१ वर्षीय सबिन चौधरी र कोशी गाउँपालिका-१ बस्ने १९ वर्षीय रन्जन कुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०२-०४७ प ४७६७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ लौकही बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २८ ग्रामसहित सोही ठाउँ बस्ने २३ वर्षीय सुभाष कुमार यादवलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको संयुक्त टोलीले को.३५ प ५५३४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम १ मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लेटाङ नगरपालिका-९ बस्ने २४ वर्षीय रोशन दर्जी र ३१ वर्षीय सुदन परियार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।