प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

६८ किलो गाँजासहित दुई जना पक्राउ

२०८१-०१-१५

  • A
  • A-
  • A+
Share

धनकुटा, अवैध लागूऔषध गाँजा करिब ६८ किलोसहित सुनसरी धरान उपमहानगरपालिका-१७ बस्ने ३० वर्षीय सुरज थापा र धरान उपमहानगरपालिका-३ बस्ने ४० वर्षीय नारायण श्रेष्ठलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले साँगुरिगढी गाउँपालिका-७ धनकुटा हुक्काबासमा बाग्मती प्रदेश ०१-०२५ च ४६७७ नम्बरको कारलाई जाँच गर्न रोक्न खोज्दा कार नरोकी कारबाट केही सामान फालेर भागेकोमा सामान तलासी गर्दा उक्त परिमाणको गाँजा फेला परेको थियो । उक्त कारको खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले साँगुरिगढी गाउँपालिका-६ स्थित होटल माउन्ट एभरेस्टमा फेला पारी कार चालक सुरज र कारमा सवार नारायणलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ
२०८१-०१-२७

सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर बेलका नगरपालिका-९ बस्ने २६ वर्षीय नरेश बिश्वकर्मा र भोजपुर हतुवागढी गाउँपालिका-९ घर भई हाल सुनसरी बराहक्षेत्र नगरपालिका-७ बस्ने ३० वर्षीय सामुएल राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.६८ प ८६९८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-८ सभागृह मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय साजन विकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१३ बस्ने २५ वर्षीय उमेश राना र १९ वर्षीय रूस्तम राना रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१७ पथरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्रामसहित सोही ठाउँ बस्ने २७ वर्षीय बिनोद चौधरीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी कनरीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।कपिलवस्तु, बाणगंगा नगरपालिका-२ पिपरास्थित हाटबजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ९० मिलिग्रामसहित सोही नगरपालिका-३ गंगोलीया बस्ने २३ वर्षीया जानकी चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

२ सय १८ किलो ५ सय ग्राम गाँजासहित दुई जना पक्राउ
२०८१-०१-२७

 मोरङ, जहदा गाउँपालिका-३ हातिबन्दाबाट अवैध लागूऔषध गाँजा २ सय १८ किलोसहित सोही ठाउँ बस्ने ३४ वर्षीय भगवान किस्कुलाई गएराति प्रहरीले पक्राउ गरेको छ । उक्त ठाउँस्थित मकै बारीमा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले मकै बारीभित्र रहेको टहारामा किस्कुले उक्त परिमाणको गाँजा लुकाई छिपाई राखेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो । पर्सा, कालिकामाई गाउँपालिका-३ हरीहरपुर बिर्ता बस्ने २३ वर्षीय अखलेश महत्तो केवटलाई अवैध लागूऔषध गाँजा ५ सय ग्रामसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । केवटले आफ्नै गोठमा गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कालिकामाई र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले गोठ तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
२०८१-०१-२६

सर्लाही, चन्द्रनगर गाउँपालिका-२ बबरगंज बस्ने ४८ वर्षीय पवित्र साहलाई अवैध लागूऔषध गाँजा ८ सय ७५ ग्रामसहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित उनको किराना पसलमा गाँजा विक्री भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरीले पसल तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको  हो । सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम २ सय ४० मिलिग्रामसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईनरूवा नगरपालिका-३ बस्ने ४० वर्षीय आशिष राई र २२ वर्षीय शेवनन्द राजबंशी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१७ प ८९४९ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । चितवन, राप्ती नगरपालिका-७ अभियान चोकबाट प्रतिबन्धित औषध रामानिल ६ सय ६४ पिस र अनारगन ५ सय ९८ पिससहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राप्ती नगरपालिका-७ अभियान चोक बस्ने २१ वर्षीय राजेश तामाङ र सोही नगरपालिका-८ थ्री ग्रुप बस्ने २४ वर्षीय संजय परियार रहेका छन् । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ
२०८१-०१-२६

पर्सा, वीरगंज महानगरपालिका-१ सिर्सियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-२५ सिर्सिया बस्ने ३५ वर्षीय श्यामु प्रसाद कुर्मी र रौतहट दुर्गा भगवती नगरपालिका-५ बस्ने ३४ वर्षीय रबिन्द्र साह सोनार रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-३ ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय २० मिलिग्रामसहित सोही उपमहानगरपालिका-२ सन्तोषी टोल बस्ने १८ वर्षीय किशोरलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ
२०८१-०१-२५

कञ्चनपुर, शुक्लाफाटा नगरपालिका-३ पिपलाँडीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ मिलिग्राम र चरेस जस्तो देखिने पदार्थ ८१ मिलिग्रामसहित सोही ठाउँ बस्ने २४ वर्षीय भुवन सिंहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।     इलाम, सूर्योदय नगरपालिका-१० फिक्कल खोल्साबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्रामसहित झापा बुद्धशान्ती नगरपालिका-१ बुधबारे बस्ने ३५ वर्षीय प्रकाश कार्कीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी इलाम, सूर्योदय नगरपालिका-११ तिनघरे बस्ने ३१ वर्षीय देबेन्द्र राईलाई अवैध लागूऔषध गाँजा ४ किलो ६ सय ग्रामसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तिनघरेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।मकवानपुर, मनहरी गाउँपालिका-७ माईङ्गा खोलाबाट अवैध लागूऔषध गाँजा ३६ किलोसहित ३ जना सोमबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका-३ बस्ने २३ वर्षीय राजेन्द्र घिसिङ, सोही गाउँपालिका-४ बस्ने २७ वर्षीय बिबेक प्रजा र हेटौंडा उपमहानगरपालिका-१८ बस्ने २२ वर्षीय उत्तम पाख्रिन रहेका छन् । उक्त स्थानमा पर्सा राष्ट्रिय निकुन्जमा सुरक्षार्थ खटिएको नेपाली सेनाको गस्ती टोलीले उनीहरूलाई उक्त परिमाणको गाँजासहित नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-१४ हरिया कटानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१५ बस्ने १९ वर्षीय रबि खातीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध गाँजासहित तीन जना पक्राउ
२०८१-०१-२५

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-१ सानो भावर बस्ने १९ वर्षीय बिजय तामाङ र रौतहट बृन्दावन नगरपालिका-१ बस्ने ३५ वर्षीय धर्मेन्द्र ठाकुर रहेका छन् । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले चितवनबाट वीरगंजतर्फ जाँदै गरेको ना.६ ख ३५५७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको   हो ।  सुनसरी, धरान उपमहानगरपालिका-२० विष्णुपादुकाबाट अवैध लागूऔषध गाँजा करिब ४ किलो ५ सय ग्रामसहित धनकुटा साँगुरीगढी गाउँपालिका-८ बस्ने २४ वर्षीय दिपक मुडेललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट विष्णुपादुकाबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको को.१ ज २१७८ नम्बरको बोलेरोलाई जाँच गर्ने क्रममा बोलेरोमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।