प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ

२०८१-०१-२५

  • A
  • A-
  • A+
Share

कञ्चनपुर, शुक्लाफाटा नगरपालिका-३ पिपलाँडीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ मिलिग्राम र चरेस जस्तो देखिने पदार्थ ८१ मिलिग्रामसहित सोही ठाउँ बस्ने २४ वर्षीय भुवन सिंहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

     इलाम, सूर्योदय नगरपालिका-१० फिक्कल खोल्साबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्रामसहित झापा बुद्धशान्ती नगरपालिका-१ बुधबारे बस्ने ३५ वर्षीय प्रकाश कार्कीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यसैगरी इलाम, सूर्योदय नगरपालिका-११ तिनघरे बस्ने ३१ वर्षीय देबेन्द्र राईलाई अवैध लागूऔषध गाँजा ४ किलो ६ सय ग्रामसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तिनघरेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

मकवानपुर, मनहरी गाउँपालिका-७ माईङ्गा खोलाबाट अवैध लागूऔषध गाँजा ३६ किलोसहित ३ जना सोमबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका-३ बस्ने २३ वर्षीय राजेन्द्र घिसिङ, सोही गाउँपालिका-४ बस्ने २७ वर्षीय बिबेक प्रजा र हेटौंडा उपमहानगरपालिका-१८ बस्ने २२ वर्षीय उत्तम पाख्रिन रहेका छन् । उक्त स्थानमा पर्सा राष्ट्रिय निकुन्जमा सुरक्षार्थ खटिएको नेपाली सेनाको गस्ती टोलीले उनीहरूलाई उक्त परिमाणको गाँजासहित नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-१४ हरिया कटानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१५ बस्ने १९ वर्षीय रबि खातीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८१-०३-०८

सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-७ चिसापानी बस्ने उदयपुर कटारी नगरपालिका-६ घर भएका ४६ वर्षीय कुमार पाख्रिनलाई अवैध लागूऔषध गाँजा करिब ६ सय ४ किलोग्रामसहित गएराति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले सोही ठाउँस्थित गोठ तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी गोठमा सुतिरहेका पाख्रिनलाई पक्राउ गरेको हो ।कैलाली, टीकापुर नगरपालिका-१ गोलपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्रासहित टीकापुर नगरपालिका-१ बस्ने ३५ वर्षीय आशिस लोथ्याललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।रूपन्देही, बुटवल उपमहानगरपालिका-११ नहरपुरस्थित झोलुङगेपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-११ बस्ने २६ वर्षीय सुरज सुन्दौलीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।ललितपुर, महालक्ष्मी नगरपालिका-३ बोजेपोखरीबाट नियन्त्रित लागूऔषध ट्रमाडोल ४३ पिससहित काभ्रे पनौती घर भई ललितपुर बोजेपोखरी बस्ने ३१ वर्षीय सुदिप कार्की र उदयपुर कटारी नगरपालिका-६ घर भई ललितपुर ईमाडोल बस्ने २१ वर्षीय राजिव बराललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।झापा, मेचिनगर नगरपालिका-६ काँकरभिट्टास्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ७० मिलिग्रामसहित दमक नगरपालिका-४ बस्ने २७ वर्षीय बिर्जेश सुनुवारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।मकवानपुर, राक्सिराङ गाउँपालिका-५ ठुलो खोल्सा डाँडाबाट अवैध लागूऔषध गाँजा ८ किलो ५ सय ग्रामसहित सोही गाउँपालिका-८ बस्ने २१ वर्षीय अशोकलाल मोक्तान समेत ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।कास्की, पोखरा महानगरपालिका-३० पावरहाउसस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ८० ग्रामसहित सोही महानगरपालिका-१३ बाझापाटन बस्ने २४ वर्षीय दुध प्रसाद गुरूङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.३ ख ५५६९ नम्बरको माईक्रोबसलाई जाँच गर्ने क्रममा माईक्रोबसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।बारा, जितपुर सिमरा उपमहानगरपालिका-३ बजनी चोकबाट अवैध लागूऔषध गाँजा करिब ३० किलोग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१२ बस्ने २१ वर्षीय सुजन मुक्तानलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले अम्लेखगंजबाट वीरगंजतर्फ जाँदै गरेको बा.प्र.०३-००५१ प ४८७१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक मुक्तानलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित तीन जना पक्राउ
२०८१-०३-०७

झापा, झापा गाउँपालिका-१ सालमारा झोलुङ्गे पुल बगानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्राम ५ सय ५० मिलिग्रामसहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भएका ४० वर्षीय जुलमात हुसेन र २० वर्षीय तोसिफ आमल रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।चितवन, राप्ती नगरपालिका-५ शिखरडाँडास्थित चेपाङ मार्गबाट अवैध लागूऔषध गाँजा १५ किलो ३ सय ग्रामसहित सोही नगरपालिका-११ आपपानी बस्ने ४८ वर्षीय मन लामा तामाङलाई गएराति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

४ किलो ५०४ ग्राम कोकिनसहित ४ जना विदेशी नागरिक पक्राउ
२०८१-०३-०६

काठमाडौं, अवैध लागूऔषध कोकिन ४ किलो ५ सय ४ ग्रामसहित ४ जना विदेशी नागरिकहरूलाई लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तान्जानियन नागरिक ६८ वर्षीय DONALD JACKSON MABUGA, बोलिभियन नागरिक ३३ वर्षीया LAURA CRUZ TICONA, भेनेजुलियन नागरिक ३९ वर्षीय SIMON ANTONIO ALFONZO RADA र भारतीय नागरिक २७ वर्षीया LALRUATSANGI  रहेका छन् । काठमाडौं महानगरपालिका-१६ ठमेलस्थित होटलबाट DONALD लाई १ केजी २ सय ६ ग्राम कोकिनसहित जेठ २७ गते पक्राउ गरेको हो ।  फ्लाई दुबईको उडानद्वारा नेपाल आएका उनलाई १८ क्याप्सुल कोकिन सहित पक्राउ गरिएको थियो । थप अनुसन्धानको क्रममा उनले कोकिनका क्याप्सुलहरू निलेर काठमाडौं आएको खुल्न पश्चात नेपाल प्रहरी अस्पताल महाराजगंज लगिएकोमा थप ५९ क्याप्सुलहरू समेत गरी जम्मा ७७ वटा क्याप्सुलहरूबाट उक्त परिमाणको कोकिन बरामद गरिएको हो । हाल उनको नेपाल प्रहरी अस्पताल महाराजगंजमा उपचार भइरहेको छ । यसैगरी इमिरेट्सको उडानद्वारा ब्राजिल हुँदै काठमाडौं आएकी LAURA CRUZ लाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट महिलाहरूले प्रयोग गर्ने १ सय २१ वटा फेन्सी लुगाहरूमा भएका बटनहरूभित्र लुकाई छिपाई  राखिएको २ किलो १ सय ग्राम कोकिन सहित जेठ ३० गते पक्राउ गरेको हो । यस्तै कतार एअरको उडानद्वारा नेपाल आएका SIMON ANTONIO लाई काठमाडौं महानगरपालिका-२६ स्थित  होटलबाट ९२ वटा क्यासुलबाट १ किलो १ सय ९८ ग्राम कोकिनसहित असार ४ गते पक्राउ गरेको हो । अनुसन्धानको क्रममा निजले उक्त क्यासुलहरू ब्राजिलको सापाउलोबाट निलेर पेटभित्र लुकाई छिपाई गरी ल्याएको खुल्न आएको छ । साथै उक्त  कोकिनका क्यासुलहरू डेलिभरी दिने क्रममा LALRUATSANGI लाई समेत सोही स्थानबाट पक्राउ गरेको हो । उनले उक्त कोकिनका क्यासुलहरू भारतको नयाँ दिल्ली सम्म लैजान लागेको समेत अनुसन्धानबाट खुल्न आएको छ । उनीहरू उपर लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक कारवाही भइरहेको लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरले जनाएको छ । 

अवैध लागूऔषधसहित आठ जना पक्राउ
२०८१-०३-०६

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे पिपलबोटबाट  अवैध लागूऔषध गाँजा ४ किलो ५ सय ग्रामसहित महोत्तरी एकडाँडा गाउँपालिका-४ बस्ने २८ वर्षीय राम लोप्चन ठाकुरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.४ ख१९३४ नम्बरको बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैचा नगरपालिका-७ बस्ने २८ वर्षीय अमित चौधरी र २० वर्षीय अमृत हलवाई रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्रामसहित सोही उपमहानगरपालिका-८ बस्ने २७ वर्षीय राकेश चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । बर्दिया, राजापुर नगरपालिका-१० स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्रामसहित बढैयाताल गाउँपालिका-३ भोलागौडी बस्ने २६ वर्षीय करण सिंह सुनारसमेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कोठियाघाट र इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले नेपालगंजदेखि राजापुरतर्फ जाँदै गरेको भे.१ ज ११११ नम्बरको गाडीमा उक्त पदार्थ फेला परी गाडी चालक सुनार समेत दुवै जनालाई पक्राउ गरेको हो ।सिराहा, भगवानपुर गाउँपालिका-४ ठाडि बसपार्कस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० ग्रामसहित लहान नगरपालिका-८ बस्ने किशोरलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी सिराहा, मिर्चैया नगरपालिका-६ मटिअर्वास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० मिलिग्रामसहित सोही नगरपालिका-९ सुन्दरपुर बस्ने २५ वर्षीय सुन्दर कुमार महतोलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले कमलदहबाट मटिअर्वातर्फ आउँदै गरेको मधेश प्रदेश-०२-००७ प ८८७८ नम्बरको मोटरसाइकलको बाँया साईडको इन्डिकेटरमा प्लाष्टिकमा बेरी राखिएको अवस्थामा उक्त पदार्थ फेला पारी मोटरसाइकल चालक महतोलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित चार जना पक्राउ
२०८१-०३-०५

सिराहा, मिर्चैया नगरपालिका-२ मलहिनिया पिडारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित सोही ठाउँ बस्ने ३१ वर्षीय नरेश कुमार साफी समेत २ जनालाई  मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-६ लेकसाईड चकटे रेष्टुरेण्टबाट अवैध लागूऔषध गाँजा करिब १ किलोसहित सोही महानगरपालिका-१७ बिरौटा बस्ने २० वर्षीय सजोक क्षेत्री समेत २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
२०८१-०३-०५

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ६ सय एम्पुल, फेनारगन ६ सय एम्पुल, नोफिन ६ सय एम्पुल र नाईट्राभेट ३ हजार ट्याब्लेटसहित काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-४ बस्ने १९ वर्षीय दिपेश तामाङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ६५९४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ८ सय ८८ एम्पुल, प्रोमोथाइजिन हाइड्रोक्लोराइड ८ सय ८८ एम्पुल र  बुप्रेनोर्फिन ८ सय ८८ एम्पुलसहित नवलपरासी रामनगर नगरपालिका-१ बस्ने  २२ वर्षीय प्रितम सहनीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले परासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख १६८६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई पक्राउ गरेको हो ।  कञ्चनपुर, भिमदत्त नगरपालिका-९ ब्रम्हदेवबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६० मिलिग्रामसहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई गएराति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ब्रम्हादेवबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ९० मिलिग्रामसहित मोरङ उर्लाबारी नगरपालिका-२ बस्ने २५ वर्षीय शुसिल खड्कालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलिले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई पक्राउ गरेको   हो ।रूपन्देही, तिलोत्तमा नगरपालिका-२ योगिकुटी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ३५ मिलिग्रामसहित बुटवल उपमहानगरपालिका-११ कालीकानगर बस्ने २८ वर्षीय विजय श्रेष्ठलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।