प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ

२०८१-०१-२६

  • A
  • A-
  • A+
Share

पर्सा, वीरगंज महानगरपालिका-१ सिर्सियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-२५ सिर्सिया बस्ने ३५ वर्षीय श्यामु प्रसाद कुर्मी र रौतहट दुर्गा भगवती नगरपालिका-५ बस्ने ३४ वर्षीय रबिन्द्र साह सोनार रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-३ ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय २० मिलिग्रामसहित सोही उपमहानगरपालिका-२ सन्तोषी टोल बस्ने १८ वर्षीय किशोरलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषधसहित चार जना पक्राउ
२०८१-०२-०६

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४८ ग्रामसहित बाँके कोहलपुर नगरपालिका-१२ घर भएका ३२ वर्षीय सचिन रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले ना.५ ख ४०५६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । बाँके, खजुरा गाउँपालिका-३ एक नम्बर बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय रोहित सुनार, २२ वर्षीय आशिष सुनार र  २६ वर्षीय सचिन सिङ क्षेत्री रहेका छन् । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो  । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८१-०२-०५

बाँके, नेपालगञ्ज उपमहानगरपालिका-६ फुलटेक्राबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५ मिलिग्रामसहित सोही ठाउँ बस्ने २८ वर्षीय पेशकर खटिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यसैगरी बाँके, खजुरा गाउँपालिका-६ सिमलघारीस्थित घुम्ति पसलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २९ वर्षीय देबेन्द्र शाहीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।मोरङ, पथरी शनिश्चरे नगरपालिका-४ सम्झना चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने १७ वर्षीय र १६ वर्षीय २ जना किशोरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट कीर्तिपुरबाट गस्तीमा खटिएको प्रहरीले प्र.१-०२-०५३ प ६२६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।सुनसरी, बराहक्षेत्र नगरपालिका-१ खारखोलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५० मिलिग्रामसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने धनकुटा पाख्रिबास नगरपालिका-४ घर भएकी २१ वर्षीया जमुना कार्की र उनकै श्रीमान भारत दार्जिलिङ खोरीपारी थाना डुलाल जोत पोष्ट बस्ने ३५ वर्षीय जिन तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।कास्की, पोखरा महानगरपालिका-११ रामघाटबाट नियन्त्रित लागूऔषध नुर्फिन २७ एम्पुल, डाईजेपाम २७ एम्पुल र फेनरागन २७ एम्पुलसहित सोही महानगरपालिका-१४ बस्ने १८ वर्षीय किशोर र सोही महानगरपालिका-९ बस्ने ललितपुर घर भएका संदिप मिजारलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा पोखरा महानगरपालिका-९ बस्ने ३६ वर्षीय धन बहादुर गौतमको घरबाट नुर्फिन ६० एम्पुल, डाईजेपाम ६० एम्पुल र फेनारगन ६० एम्पुल फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८१-०२-०४

सुनसरी, रामधुनी नगरपालिका-६ ईचौलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय १० ग्राम ७ सय ३० मिलिग्रामसहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी सप्तकोशी नगरपालिका-५ बस्ने ३५ वर्षीय श्याम सुन्दर खंग र सुनसरी ईटहरी उपमहानगरपालिका-५ बस्ने ४० वर्षीय श्याम प्रसाद निरौला रहेका छन् । उक्त स्थानमा लागूऔषधको कारोवार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौं र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको हो । साथै उनीहरूलाई नियन्त्रणमा लिने क्रममा उनीहरूले प्रहरीमाथि आक्रमण गरे पश्चात आत्मरक्षा र नियन्त्रणमा लिनका लागि प्रहरीले जवाफी फायर गर्दा श्याम सुन्दरलाई गोली लागि सामान्य घाइते भएकोमा प्रहरीको निग्रानीमा सान्वी सिटी अस्पताल लविपुरमा उपचार भइरहेको छ । यसैगरी सुनसरी, भोक्राहानरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्रामसहित रामधुनी नगरपालिका-१ झुम्का बस्ने ३५ वर्षीय कन्त नारायण चौधरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकही र सशस्त्र प्रहरी बल नेपालबाट संयुक्त रूपमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०४३ प ९५५६ नम्बरको मोटरसाइकलका चालक उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चेकपोइन्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-१ धम्बोझी बस्ने २६ वर्षीय बृजेश बर्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।यसैगरी बाँके, कोहलपुर नगरपालिका-१५ चन्नहवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम २० मिलिग्रामसहित सोही नगरपालिका-१५ बस्ने २० वर्षीय अरविन थारू सहित ४ जनालाई  बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।महोत्तरी, बर्दिबास नगरपालिका-१ बर्दिबास बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १० ग्राम ६० मिलिग्राम, स्पास्मो ४ हजार ८ सय पिस र पिजिएबि-75 लेखिएको ९६ पिस ट्याब्लेटसहित बर्दिबास नगरपालिका-१४ बर्दिबास बस्ने ३९ वर्षीय ईश्वर साह र सोही नगरपालिका-१ बस्ने ३२ वर्षीय दिपक महतोलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको  छ । इलाका प्रहरी कार्यालय बर्दिबास र मधेश प्रदेश लागूऔषध नियन्त्रण ब्यूरो जनकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

२ किलो ६५४ ग्राम कोकिनसहित तीन जना पक्राउ
२०८१-०२-०३

काठमाडौं, अवैध लागूऔषध कोकिन २ किलो ६ सय ५४ ग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा युगान्डाका नागरिक ४४ वर्षीया KEVINA MUGALA र LILLIAN SUSAN WANYENZE तथा भारतीय नागरिक ३३ वर्षीया दिवाजानी पाल रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले KEVINA लाई १ किलो २ सय ६० ग्रामसहित आइतबार काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको हो ।  थप अनुसन्धानको क्रममा WANYENZE लाई १ किलो ३ सय ९४ ग्राम कोकिनसहित र उक्त लागूऔषधको कारोबारमा संलग्न दिवाजानीलाई ठमेल धोविचौरस्थित होटेलबाट बुधबार पक्राउ गरेको हो ।   उनीहरू उपर लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।