प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

२०८१-०१-२८

  • A
  • A-
  • A+
Share

काठमाडौं, सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा मकवानपुर छतिवन बकैया गाउँपालिका-७ चुलुङ्गा घर भई काठमाडौं महानगरपालिका-३२ जडिबुटी बस्ने पीडितकै श्रीमान् २४ वर्षीय पुरूषलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

वैदेशिक रोजगारीमा रहँदा वाट्स एपमा कुराकानी गर्ने क्रममा श्रीमान/श्रीमती बिचमा आदान प्रदान भएका गोप्य अङ्ग देखिने तस्विर/भिडियो सामाजिक सञ्जालमा फेक एकाउन्ट बनाई अपलोड गरी पीडितको साथीहरूले प्रयोग गर्ने सामाजिक सञ्जालहरूमा समेत पठाई चरित्र हत्या गरेको भन्ने उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा ती पुरूषको संलग्नता खुल्न आएपछि उनलाई पक्राउ गरेको हो । 

उनी उपर विद्युतिय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

 


सम्बन्धित समाचार
गैरकानूनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन गर्ने सात जना चिनियाँ नागरिक पक्राउ
२०८२-०९-३०

काठमाडौं, गैरकानूनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास (VOIP) संचालन गरेको अभियोगमा ७ जना चिनियाँ नागरिकहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ३३ वर्षीय LIU PAN, ३१ वर्षीय GAO ZHIKUN, ४१ वर्षीय LIU JIANWEI, ४१ वर्षीय DU SHUANGSHENG, ३८ वर्षीय PENG KANG, ४९ वर्षीय CHAI ZHIXIN र ४२ वर्षीय ZHANG HAO रहेका छन् । अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन गरिरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले नेपाल टेलिकम र एनसेल प्रालि समेतको प्राविधिक सहयोग तथा समन्वयमा काठमाडौं महानगरपालिका-२७ ज्याठास्थित LIU PAN ले संचालन गरेको रेष्टुरेण्टमा कल बाईपास गरिरहेको अवस्थामा उनीहरूलाई कल बाईपासमा प्रयोग भएका उपकरणहरू सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

नाबालिकाको चरित्र हत्या गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८२-०९-०७

काठमाडौं, नाबालिकाको चरित्र हत्या गर्ने कार्यमा संलग्न रहेको अभियोगमा कैलाली धनगढी उपमहानगरपालिका-१२ जुगेडा डि गाउँ बस्ने २७ वर्षीय सन्दिप चन्दलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  सामाजिक सञ्जालमा फेक एकाउन्ट मार्फत साथी बनी नाबालिकालाई विभिन्न प्रलोभन, दबाब र प्रभावमा पारी नग्न तस्विर तथा भिडियो मागी थप अश्लिल गतिविधि नियमित रूपमा गर्न लगाउदा नाबालिकाले नमाने पश्चात उक्त तस्विर तथा भिडियो पीडितको साथी तथा आफन्तजनका सामाजिक सञ्जालमा पठाई चरित्र हत्या गरेको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीको सहयोगमा कैलालीबाट पक्राउ गरेको हो । उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सामाजिक सञ्जालमा महिलाहरूको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
२०८२-०५-२१

काठमाडौं, सामाजिक सञ्जालमा महिलाहरूको चरित्र हत्या गरेको अभियोगमा सुनसरी रामधुनी नगरपालिका-३ घर भएका दिनेश कार्कीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  सामाजिक सञ्जालमा फेक एकाउन्ट बनाई महिलाहरूलाई लक्षित गरी साथी बनाई कुराकानी गर्ने, अश्लील भिडियो पठाउनुका साथै अपशब्द प्रयोग गरी गाली गलौज तथा चरित्र हत्या समेत गर्ने कार्य गरेको भन्ने पीडितहरूको उजुरीको आधारमा  साइबर ब्यूरोबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय पकली सुनसरीको सहयोगमा उक्त कार्यमा संलग्न उनलाई सुनसरीबाट पक्राउ गरेको हो । उनलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सामाजिक सञ्जालको दुरूपयोग गर्ने व्यक्ति पक्राउ
२०८२-०५-१९

काठमाडौं, सामाजिक सञ्जालको दुरूपयोग गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी डेरा गरी बस्ने सुमन थापा भन्ने प्रेम बहादुर थापालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा सम्मानित तथा सार्वजनिक पद धारण गरेका व्यक्तित्वहरूलाई लक्षित गरी अमर्यादित अभिव्यक्तिका साथै हिंसात्मक भाषा सहितको पोष्ट गरी समाजमा सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने, घृणा तथा द्वेष फैलाउने गतिविधिको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी बाट पक्राउ गरेको हो । उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ठगीमा संलग्न व्यक्ति पक्राउ
२०८२-०५-०५

काठमाडौं, ठगीमा संलग्न रहेको अभियोगमा नागार्जुन नगरपालिका-२ सानोभर्‍याङ बस्ने भोजपुर टेम्केमैयुङ गाउँपालिका-९ घर भएका २७ वर्षीय सन्जिव राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । NEPALESE ARMY INSTUTE OF HEALTH SCIENCES (NAIHS) मा हेल्थ एसिस्टेन्ट विषयमा अध्ययन गर्नको लागि पूर्ण छात्रवृत्तिमा नाम निकाली दिने विश्वास दिलाई पीडितबाट १ लाख ८५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं महानगरपालिका-७ चाबहिलबाट पक्राउ गरेको हो । उनलाई ठगी सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८१-१२-२३

काठमाडौं, सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-९ सिनामंगल डेरा गरी बस्ने सिराहा धनगढी नगरपालिका-७ गोलबजार घर भएका २७ वर्षीय राम बिहारी साफीलाई बुधबार प्रहरीले पक्राउ गरेको  छ । प्रेम सम्बन्धमा रहँदाका अन्तरङ्गसँग सम्बन्धित तस्विर/भिडियो सम्बन्ध बिग्रिए पश्चात सामाजिक सञ्जालमा पोष्ट गरिदिने र पीडितका आफन्तलाई पठाइदिने भनि धम्काउने, दुख हैरानी दिएको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।