नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ
२०८१-०२-०१
- A
- A-
- A+
मोरङ, बिराटनगर महानगरपालिका-१३ सैनिक टोलबाट नियन्त्रित लागूऔषध लुपिजेसीक १३ एम्पुल, डाईजेपाम १३ एम्पुल र फेनारागन १३ एम्पुलसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा झापा दमक नगरपालिका-१ बस्ने २६ वर्षीय दिपक श्रेष्ठ र मोरङ बेलबारी नगरपालिका-६ बस्ने २१ वर्षीय भवेश मगर रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।