‘महिला, शान्ति र सुरक्षा’ विषयक कार्यशाला सम्पन्न
२०८१-०२-०३
- A
- A-
- A+
![](/media/filer_public/81/ba/81baae6d-70d5-4875-8986-a29cafba37d0/dsc_0919.jpg)
काठमाडौं, नेपाल प्रहरीको समन्वय र सहकार्य तथा International Police Peacekeeping Operations Support Programs (IPPOS) र United Nations Institute for Training and Research (UNITAR) को आयोजनामा संचालित महिला, शान्ति र सुरक्षा (Women, peace and Security-WPS) विषयक कार्यशाला सम्पन्न भएको छ ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा बिहीबार आयोजित कार्यक्रमबीच उक्त कार्यशाला सम्पन्न भएको हो । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले कार्यशालामा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले संयुक्त राष्ट्र संघ शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता बारे चर्चा गर्दै आगामी दिनमा शान्ति स्थापना क्षेत्रहरूमा क्षमता अभिवृद्धिको लागि थप सहयोग, समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । कार्यशालामा प्रभावकारी शान्ति स्थापनामा महिलाको समान सहभागिताको लागि आवश्यक मूल्याङ्कन र अन्तरविश्लेषणमा समेत छलफल एवम् अन्तरक्रिया भएको उहाँले उल्लेख गर्नुभयो ।
United States Department of State, International Narcotics and law Enforcement Affairs, Regional Chief Marcy Brown ले कार्यशालाको उद्देश्य र महत्वबारे आफ्नो धारणा व्यक्त गर्नुभएको उक्त कार्यक्रममा UNITAR का Masa Dikanovic ले कार्यशाला सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
वैशाख ३१ गतेदेखि संचालित उक्त कार्यशालामा नेपाल प्रहरीबाट ७ जना, सशस्त्र प्रहरी बल नेपालबाट २ जनाको साथै अष्ट्रेलिया, बंगालादेश, भुटान, ब्राजिल, बुर्किना फासो, चीन, फिजी, गाम्बिया, जर्मनी, इन्डोनेशिया, नेदरल्याण्ड, नाइजर, रूवान्डा, सेनेगल, सामोआ, तान्जेनिया, युएई लगायतका विभिन्न राष्ट्रका प्रहरी अधिकृतहरूको साथै UN Women, UN Light Coordination Mechanism (LCM) का प्रतिनिधि समेत गरी जम्मा ३१ जनाको सहभागिता रहेको थियो ।