अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ
२०८१-०२-०३
- A
- A-
- A+
झापा, भद्रपुर नगरपालिका-३ मेचीपारी डल्लो बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका-७ पराखोपी बस्ने ३३ वर्षीय आशिष भट्टराई र बिर्तामोड नगरपालिका-३ बिर्ताबजार बस्ने २७ वर्षीय रोहन राजबंशी रहेका छन् । प्रहरी चौकी मेचीपारीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.११ प ५९८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।