प्रारम्भिक बाल विकासका शिक्षकहरूको लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न
२०८१-०२-१०
- A
- A-
- A+
प्युठान, ऐरावती गाउँपालिका-२ बरौलास्थित सोही गाउँपालिकाको सभाहलमा संचालित ३ दिने प्रारम्भिक बाल विकासका शिक्षकहरूको लागि क्षमता अभिवृद्धि तालिम बुधबार सम्पन्न भएको छ ।
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य तथा नेपाल जेसुईट सामाजिक संस्था ललितपुरको प्राविधिक सहयोगमा ऐरावती गाउँपालिकाले उक्त तालिम संचालन गरेको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापाले तालिम मार्फत शिक्षकहरूको क्षमता अभिवृद्धिमा थप मद्दत पुगेको चर्चा गर्नुभयो । सो अवसरमा शिक्षा शाखा सहायक तुल बहादुर थापा, शिक्षिका माया आचार्य र प्रशिक्षक कमल श्रेष्ठले तालिम सम्बन्धी आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
ऐरावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल बिश्वकर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ प्युठान जिल्ला कार्य समितिका सदस्य बिमल पौडेल, एनजेएसआइका प्रतिनिधि, प्रशिक्षक, शिक्षक/शिक्षिकाहरूको उपस्थिति रहेको थियो ।