अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ
२०८१-०२-१२
- A
- A-
- A+
कैलाली, गोदावरी नगरपालिका-२ लोटस गल्लीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९ सय २० मिलिग्रामसहित कञ्चनपुर कृष्णपुर नगरपालिका-५ गुलरिया बस्ने ३५ वर्षीय राजेश सुनारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अत्तरिया मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कञ्चनपुर, शुक्लाफाटा नगरपालिका-५ बनसमितीस्थित होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५५ मिलिग्रामसहित सोही नगरपालिका-९ सिसैया बस्ने २७ वर्षीय शैलेन्द्र बहादुर सिंहलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-९ मटेनाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्रामसहित बेदकोट नगरपालिका-८ गैलनदी बस्ने २१ वर्षीय प्रकाश टेरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ब्रह्मदेबबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका-१५ सुनसरी पेट्रोल पम्प छेउबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ ग्राम ५१ मिलिग्रामसहित सोही महानगरपालिका-१५ बस्ने ३५ वर्षीय रबिन साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको संयुक्त टोलीले रानीबाट बिराटनगरतर्फ जाँदै गरेको को.१४ प १८४० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।