अवैध लागूऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ
२०८१-०२-१४
- A
- A-
- A+
कञ्चनपुर, बेलौरी नगरपालिका-७ कालोपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-७ मनहेरा बस्ने २८ वर्षीय प्रेम ठकुल्ला र २५ वर्षीय किरण बोहरा रहेका छन् । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको संयुक्त टोलीले सु.प.प्र.०१००९ प ११६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ६ मिलिग्रामसहित सुनसरी ईटहरी उपमहानगरपालिका-५ बस्ने ३२ वर्षीय सुरज चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।