प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ

२०८१-०७-२२

  • A
  • A-
  • A+
Share

मोरङ, बिराटनगर महानगरपालिका-६ भट्टिमोड बस्ने बिशाल देवान राईको घरमा जुवातास खेलिरहेको अवस्थामा बिराटनगर महानगरपालिका-२ बस्ने ३६ वर्षीय बिमल मण्डल समेत १२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ७ सय १० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

यसैगरी मोरङ, कटहरी गाउँपालिका-२ स्थित प्रभु कुमार साहको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-२ बस्ने ३२ वर्षीय सरोज ठाकुर समेत ८ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । । जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १९ हजार ५ सय नेपाली रूपैयाँ, ४ हजार ६ सय भारतीय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
२०८२-१२-३०

कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिक रहेको रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४८ वर्षीय नरेन्द्र चन्द समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ७ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यसैगरी भीमदत्त नगरपालिका-१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिक सोही नगरपालिका-१८ बस्ने ४० वर्षीय पदम राज पन्तले संचालन गरेको चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा पदम समेत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार ४ सय ४२ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
२०८२-१२-२९

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदेबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१० बस्ने २७ वर्षीय शिशिर केसी समेत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४७ हजार ७ सय ९० रूपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो । म्याग्दी, बेनी नगरपालिका-६ डम्बरा बस्ने ५५ वर्षीय तेज बहादुर खत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा तेज बहादुर समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार २ सय ८५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
२०८२-१२-२६

रूपन्देही, तिलोत्तमा नगरपालिका-५ मणिग्रामस्थित ड्रिमल्याण्ड होटल एण्ड गोल्ड रिसोर्टको CMG CLUB Casino मा जुवातास खेलिरहेको अवस्थामा बुटवल उपमहानगरपालिका-१२ बस्ने ३५ वर्षीय गोबिन्द शर्मा लगायत ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त क्यासिनोमा नेपाली नगरिकहरू क्यासिनो खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रूपन्देही समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २० हजार ८ सय ९० रूपैयाँ, ७ बुक तास र क्यासिनो क्वाइन सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।