प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा तीन जना पक्राउ

२०८३-०१-०३

  • A
  • A-
  • A+
Share

ललितपुर,ललितपुर महानगरपालिका-१४ खुमलटार बस्ने ४५ वर्षीय कुल बहादुर श्रेष्ठको मोवाइल सर्भिस सेन्टर पसलमा जुवातास खेलिरहेको अवस्थामा कुलबहादुर समेत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४९ हजार ८ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार