जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८३-०६-०५
- A
- A-
- A+
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ पिपिराबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-११ बस्ने ४० वर्षीय कटक शाही समेत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई १ लाख ८८ हजार ३ सय ९५ नेपाली रूपैयाँ, ५ हजार ५ सय २० भारतीय रूपैयाँ र १८ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।