जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
२०८३-०७-०३
- A
- A-
- A+
ललितपुर, महालक्ष्मी नगरपालिका-४ ढुङगेसाँघु इमाडोलस्थित होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४९ वर्षीय अश्मिन केसी समेत ४ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ८ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
चितवन, भरतपुर महानगरपालिका-२ क्षेत्रपुर डेरा गरी बस्ने धनुषा घर भएका ३६ वर्षीय विशाल चौधरीको कोठामा जुवातास खेलिरहेको अवस्थामा विशाल समेत ८ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १७ हजार ४ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी चितवन, भरतपुर महानगरपालिका-२२ पटिहानीस्थित होटल रिभरसाइडमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक सोही ठाउँ बस्ने ५० वर्षीय प्रेम ठकुरी समेत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६८ हजार ६ सय ३५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।