प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ३४ जना पक्राउ

२०८१-१०-३०

  • A
  • A-
  • A+
Share

काठमाडौं, चन्द्रागिरी नगरपालिका-१० बोशीगाउँ बस्ने विरेन्द्र महर्जनको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा विरेन्द्र समेत ११ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख ५० हजार १ सय १ रूपैयाँ, कौडा १८ थान र ३ बुक तास सहित पक्राउ गरेको हो । 

कैलाली, गौरीगंगा नगरपालिका-४ राजीपुर बस्ने अनिल केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका-३ बस्ने ५७ वर्षीय गोपाल घिमिरे समेत ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७४ हजार रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । 

बर्दिया, बारबर्दिया नगरपालिका-९ बस्ने ३२ वर्षीय निराजन राजबंशीको होमस्टेमा जुवातास खेलिरहेको अवस्थामा राजापुर नगरपालिका-८ बस्ने ५४ वर्षीय बसन्त कुमार शर्मा समेत १४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलाय मोतिपुर र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७१ हजार ५ सय २६ रूपैयाँ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
२०८३-०२-२९

बर्दिया, ठाकुरबाबा नगरपालिका-२ रानीपुर बस्ने ३८ वर्षीय बिनोद तिवारीको घरमा जुवातास खेलिरहेको अवस्थामा बिनोद समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भुरीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार १ सय ३५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो  । डोल्पा, ठूलीभेरी नगरपालिका-३ दुनै बजार बस्ने ५१ वर्षीय पञ्च बुढाको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा पञ्च समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई नगद ४९ हजार ८ सय रूपैयाँ र कौडा ४६ थान सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।