अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ
२०८१-११-१२
- A
- A-
- A+
बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ अम्लेखगंजबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ९ सय ग्राम सहित पर्सा वीरगंज महानगरपालिका-१८ ईनर्वा बस्ने २१ वर्षीय राजकिशोर कुर्मीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१६ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार २ सय १० ट्याब्लेट, स्पास्रेस्ट १ हजार ६ सय ६० ट्याब्लेट र स्पास्पेन ७ सय ३० ट्याब्लेट सहित सोही ठाउँ डेरा गरी बस्ने धरान उपमहानगरपालिका-८ घर भएकी २९ वर्षीया सुस्मा तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी जोरसखुवाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नियन्त्रित लागूऔषध डाइजेपाम २८ एम्पुल, फेनारगन ५९ एम्पुल, नोर्फिन १३ एम्पुल सहित बकैया गाउँपालिका-४ छतिवन बस्ने २४ वर्षीय नबिन सुनारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट चितवनतर्फ जाँदै गरेको ना.७ ख ११६ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका-४ बेलौरी बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ४ सय ३० मिलिग्राम सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ गणेशपुर बस्ने २४ वर्षीय खुशी राम राना र २२ वर्षीय देव राज राना रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले म.१ प ६०३० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, कृष्णपुर नगरपालिका-५ गजरौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने २३ वर्षीय दिपेन्द्र बोगटी र २५ वर्षीय डेनी जोशी रहेका छन् । इलाका प्रहरी कार्यालय गुलरीया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१४ बस्ने २३ वर्षीय विनय कोरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।